महिला राष्ट्रिय लिगमा जिते कोशी सरकारले खेलाडी र प्रशिक्षकलाई एक–एक लाख दिने

झापा, १२ भदौ । महिला राष्ट्रिय लिग प्रतियोगितामा भाग लिने कोशी प्रदेशका महिला खेलाडीलाई आज बिदाइ तथा शुभकामना दिइएको छ । मुख्यमन्त्री कार्यालयमा आए एक कार्यक्रमका बीच प्रदेश खेलकुद विकास बोर्डद्वारा यही भदौ १६ गतेदेखि काडमाडौंमा हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा भाग लिने कोशी प्रदेशका महिला खेलाडीलाई बिदाइ गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री [...] The post महिला राष्ट्रिय लिगमा जिते कोशी सरकारले खेलाडी र प्रशिक्षकलाई एक–एक लाख दिने appeared first on Jhapa Online.

Aug 28, 2024 - 15:12
 0
महिला राष्ट्रिय लिगमा जिते कोशी सरकारले खेलाडी र प्रशिक्षकलाई एक–एक लाख दिने

झापा, १२ भदौ । महिला राष्ट्रिय लिग प्रतियोगितामा भाग लिने कोशी प्रदेशका महिला खेलाडीलाई आज बिदाइ तथा शुभकामना दिइएको छ ।

मुख्यमन्त्री कार्यालयमा आए एक कार्यक्रमका बीच प्रदेश खेलकुद विकास बोर्डद्वारा यही भदौ १६ गतेदेखि काडमाडौंमा हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा भाग लिने कोशी प्रदेशका महिला खेलाडीलाई बिदाइ गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशले सुपर लीगमा प्रथम स्थान हासिल गरेमा प्रत्येक खेलाडी, प्रशिक्षकलाई न्यूनतम एक–एक लाख नगद प्रोत्साहन दिने घोषणा गर्दै कोशी प्रदेशका खेलाडीले प्रतियोगितामा सहजै विजयी प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सामाजिक विकास मन्त्री पाँचकर्ण राईले खेलाडी भनेको प्रदेशको पहिचान भएकाले कोशी प्रदेशको नामलाई उच्च राख्ने गरि खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो । प्रदेश सभा सदस्य विजय राई र प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेत तथा किशोर राईले सुपर लिगमा अत्यन्त मेहनतका साथ प्रतिस्पर्धा गरी विजय हासिल गर्न शुभकामना दिनुभयो । लिगमा भाग लिने २५ खेलाडी र ६ जना प्रशिक्षक र अफिसियल गरी ३१ जनाको टोली आज काठमाडौँ प्रस्थान गर्न लागेका हुन ।

The post महिला राष्ट्रिय लिगमा जिते कोशी सरकारले खेलाडी र प्रशिक्षकलाई एक–एक लाख दिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register