पूर्वेली ढुवानीले मनायो विश्वकर्मा पूजा

बुट्टाबारी, १ असोज । पूर्वेली ढुवानी सेवाले विश्वकर्मा पूजा गरेको छ । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको ढुवानी सेवाले आज बिर्तामोड–६ स्थित बुट्टाबारीमा ३० वढी ट्रकसहित अन्य सवारी साधनको पूजा गरेको छ । पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्रीले प्रत्येक ट्रकलाई रिवन, फुलपाती, अक्षताले पूजा आराधना गरेर चालक र सह–चालकलाई टिका लगाएर विश्वकर्माको पूजा [...] The post पूर्वेली ढुवानीले मनायो विश्वकर्मा पूजा appeared first on Jhapa Online.

Sep 17, 2024 - 13:41
 0
पूर्वेली ढुवानीले मनायो विश्वकर्मा पूजा

बुट्टाबारी, १ असोज । पूर्वेली ढुवानी सेवाले विश्वकर्मा पूजा गरेको छ । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको ढुवानी सेवाले आज बिर्तामोड–६ स्थित बुट्टाबारीमा ३० वढी ट्रकसहित अन्य सवारी साधनको पूजा गरेको छ ।

पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्रीले प्रत्येक ट्रकलाई रिवन, फुलपाती, अक्षताले पूजा आराधना गरेर चालक र सह–चालकलाई टिका लगाएर विश्वकर्माको पूजा गरेका हुन् । सुनसरीको इटहरीमा शाखा कार्यालय रहेको ढुवानी सेवाले देशैभर ४० वढी ट्रकबाट सेवा प्रदान गर्दै आएको छ ।

सञ्चालक निर्मल सामाजिक कार्यमा समेत सक्रिय छन् । उनले बिभिन्न सामाजिक कार्य पनि गर्दै आएका छन् । ढुवानी सेवाले आयोजना गरेको पूजामा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

The post पूर्वेली ढुवानीले मनायो विश्वकर्मा पूजा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register