अब रानीपोखरी बिहान हिंडडुल गर्न पाइने, साँझमा सुन्दरता बढाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानीपोखरीलाई बिहान हिंडडुल गर्न खुला गर्ने तयारी गरेको छ । महानगरका अनुसार रङ्गरोगन गर्ने, मर्मत गर्नुपर्ने ठाउँमा बनाउने काम सकिएपछि बिहान हिंडडुल गर्न खुला गर्ने तयारी सुरु गरिएको हो । बुधबार पोखरीको निरीक्षण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘रात्रीकालीन प्रकाशको व्यवस्था गरेर साँझमा सुन्दर बनाउनेछौं ।’ रानीपोखरीको अवलोकनपछि […]

Aug 28, 2024 - 16:15
 0
अब रानीपोखरी बिहान हिंडडुल गर्न पाइने, साँझमा सुन्दरता बढाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानीपोखरीलाई बिहान हिंडडुल गर्न खुला गर्ने तयारी गरेको छ । महानगरका अनुसार रङ्गरोगन गर्ने, मर्मत गर्नुपर्ने ठाउँमा बनाउने काम सकिएपछि बिहान हिंडडुल गर्न खुला गर्ने तयारी सुरु गरिएको हो ।

बुधबार पोखरीको निरीक्षण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘रात्रीकालीन प्रकाशको व्यवस्था गरेर साँझमा सुन्दर बनाउनेछौं ।’

रानीपोखरीको अवलोकनपछि वडा नं. २७ कार्यालयमा गएर वडाध्यक्ष योगेश खड्गीसँग भेटेर रानीपोखरी खुला गर्ने विषयमा छलफल गरिएको महानगरले जनाएको छ । त्यसक्रममा वडाध्यक्ष खड्गीले रानीपोखरीलाई हिंडडुलका लागि उपलब्ध गराएपछि स्थानीयबासीलाई खुला ठाउँ प्राप्त हुने बताए । त्यसक्रममा खड्गीले, वडा कार्यालय भवन साँघुरो भएकोले स्थानान्तरण गर्नुपर्ने, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न केन्द्रबाट सहयोग गर्नुपर्ने, वडा र केन्द्रका पूर्वाधार निर्माणका काममा समन्वय बढाउनु पर्नेमा जोड दिँदै स्थानीय पूर्वाधार निर्माणका विषयमा जानकारी गराएका थिए ।

त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले स्वास्थ्य विभागका प्रमुख दिपक के.सी. लाई फोन सम्पर्क गरेर आउँदो ७ दिनभित्र स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न निर्देशन दिए ।

निर्माण कालमा करीब ५ बर्ष लगाएर यो पोखरी निर्माण गराएको थ्यासफूमा उल्लेख पाइन्छ । ई.सं. १६६७ जनवरी (७८७ पोहेलागा ४) अर्थात् वि.सं. १७२३ पौष कृष्ण ४ (अमान्तमान) का दिन पोखरीको शिलान्यास भएको थियो । प्रताप मल्लले आफ्ना छोरा चक्रबर्तिन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । पोखरीलाई नेपाल संबत् ८११ ई.सं. १६११) बाट न्हुरपुखुर (न्हुपुखु) भनिएको मानिन्छ ।

पोखरीको पूर्वमा त्रिचन्द्र कलेज र घण्टाघर, पश्चिममा दरबार हाईस्कूल, उत्तरमा जमल र दक्षिणमा शान्ति वाटिका रहेको छ । मन्दिर, पुलसहित २०,७०८ स्वायर मिटर क्षेत्रफलमा रहेको पोखरी १.६८ मिटर गहिरो छ । बालगोपालेश्वर मन्दिरको उचाई १६.१५ मिटर छ ।

२०७२ सालको भूकम्पले जीर्ण भएपछि पोखरीको पुननिर्माण गरिएको हो । पुननिर्माणको पहिलो चरणमा पोखरी र विचमा रहेको मन्दिर, मन्दिर पुग्ने पुल निर्माण गरिएको थियो । उपभोक्ता समितितर्फ गरिएको काममा, पोखरीको पिँधमा ८ हजार ५७४ दशमलव १३ घनमिटर कालीमाटी राखिएको छ । यसको लागत ८ करोड १५ लाख रुपैयाँ हो । पुननिर्माणको परियोजना ३१ हजार ४७३ बर्गमिटर क्षेत्रफलमा थालिएको थियो ।

२०७५ चैत ११ गतेबाट थालिएको काम २०७७ साउन ३० गते सकिएको थियो । ठेक्कातर्फ बालगोपालेश्वर मन्दिर र पोखरीको बाहिरी भाग बनाउने गरी करीब २६ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । २०७६ असार २८ गते सम्झौता गरेर थालिएको काम २०७७ असोज ३० गते सकिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register