सशस्त्रका ४ डीआइजीको सरूवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको सरूवा गरिएको छ । नेपाल सरकार (माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तर)को भदौ १२ गतेको निर्णय अनुसार ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुलाई सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुमा सरूवा गरिएको  सशस्त्र प्रहरी मुख्‍यालयले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल न-५ विन्ध्यवासिनी बाहिनी मुख्‍यालय […]

Aug 28, 2024 - 16:31
 0
सशस्त्रका ४ डीआइजीको सरूवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको सरूवा गरिएको छ ।

नेपाल सरकार (माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तर)को भदौ १२ गतेको निर्णय अनुसार ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुलाई सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुमा सरूवा गरिएको  सशस्त्र प्रहरी मुख्‍यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल न-५ विन्ध्यवासिनी बाहिनी मुख्‍यालय रुपन्देहीमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागमा ल्याइएको छ ।

यस्तै सशस्त्र प्रहरी बल, नेपाल नं.६ महेश्वरी बाहिनी मुख्‍यालयमा सुर्खेतमा कार्यरत डीआईजी दुर्गा प्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्‌को सचिवालय सिंहदरवारमा सरूवा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register