उपाध्यक्षमा रामकुमारी जयन्तीसँग हारिन्, काम लागेन माधवको ‘चिट’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्षमा रामकुमार झाँक्री पराजित भएकी छन् । १७ पदाधिकारी र १०८ पोलिटब्यूरो सदस्यमा एकीकृत समाजवादीले निर्वाचन गरेको थियो । त्यसमा रामकुमारी महिला उपाध्यक्षमा जयन्ती राईसँग पराजित बनेकी हुन् । रामकुमारीले ११३ मतमा सीमित हुँदा जयन्तीले १९८ मत पाइन् । यससँगै राकुमारी पराजित भएकी हुन् । एकीकृत समाजवादीमा ३४४ केन्द्रीय […]

Aug 28, 2024 - 03:11
 0
उपाध्यक्षमा रामकुमारी जयन्तीसँग हारिन्, काम लागेन माधवको ‘चिट’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्षमा रामकुमार झाँक्री पराजित भएकी छन् ।

१७ पदाधिकारी र १०८ पोलिटब्यूरो सदस्यमा एकीकृत समाजवादीले निर्वाचन गरेको थियो ।

त्यसमा रामकुमारी महिला उपाध्यक्षमा जयन्ती राईसँग पराजित बनेकी हुन् ।

रामकुमारीले ११३ मतमा सीमित हुँदा जयन्तीले १९८ मत पाइन् । यससँगै राकुमारी पराजित भएकी हुन् ।

एकीकृत समाजवादीमा ३४४ केन्द्रीय सदस्य छन् । त्यसमध्ये २२ जनाले भने मतदान गरेनन् । यसरी ३२२ केन्द्रीय सदस्यले मतदान गरेका छन् ।

अध्यक्ष माधवकुमार नेपालले भने उपाध्यक्षमा राकुमारीलाई विजयी गराउनका लागि चिटमार्फत आह्वान नै गरेका थिए ।

उनले आफूले जिताउनुपर्ने पदाधिकारीहरूको सूची नै बनाएका थिए । त्यसमा राकुमारीको नाम पनि थियो । तर, उनको चिट काम लागेन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register