आरजूलाई प्रश्न- महिला प्रधानमन्त्री बनाउने भन्ने ओलीको भनाइ तपाईंलक्षित हो ?

कैलाली । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले प्रधानमन्त्री बन्न चाहेको बताएकी छन् । जिल्लामा आयोजित पत्रकार सम्मेलनमा पत्रहरूको प्रश्नको सामना गर्ने क्रममा उनले भनिन्, “म प्रधानमन्त्री बन्न चाहन्छु तर, त्यसका लागि केही तयारी गर्नुपर्छ ।” यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पहिलो महिला प्रधानमन्त्री बनाउने सोचिरहेको बताएका थिए । प्रधानमन्त्रीको उक्त भनाइ उद्धृत गर्दै पत्रकारहरूले […]

Aug 29, 2024 - 05:59
 0
आरजूलाई प्रश्न- महिला प्रधानमन्त्री बनाउने भन्ने ओलीको भनाइ तपाईंलक्षित हो ?

कैलाली । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले प्रधानमन्त्री बन्न चाहेको बताएकी छन् ।

जिल्लामा आयोजित पत्रकार सम्मेलनमा पत्रहरूको प्रश्नको सामना गर्ने क्रममा उनले भनिन्, “म प्रधानमन्त्री बन्न चाहन्छु तर, त्यसका लागि केही तयारी गर्नुपर्छ ।”

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पहिलो महिला प्रधानमन्त्री बनाउने सोचिरहेको बताएका थिए । प्रधानमन्त्रीको उक्त भनाइ उद्धृत गर्दै पत्रकारहरूले प्रधानमन्त्रीको भनाइ तपाईंलक्षित हो ? भनेर प्रश्न गरेका थिए ।

त्यसमा जवाफ दिँदै आरजूले यस्तो बताएकी हुन् । उनले भनिन्, “उहाँले आफ्नै पार्टीका लागि भन्नुभएको होला, मलाई होइन ।”

उनले अगाडि भनिन्, “प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो । म प्रधानमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । तर, त्यो कुरा मलाई भन्नुभएको जस्तो लाग्दैन । हाम्रोबाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register