अल्फा क्यापिटलले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त 

काठमाडौँ । अल्फा क्यापिटल लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन् । कार्यक्रममा […]

Aug 29, 2024 - 06:47
 0
अल्फा क्यापिटलले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त 

काठमाडौँ । अल्फा क्यापिटल लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘अल्फा क्यापिटलले आइपीओ जारी गर्ने तयारी गरेको छ । आइपीओ निष्कासनका लागि एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेका छौं । यो हाम्रो लागि खुशीको कुरा हो ।’

यस्तै, एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सहज र सफल तरिकाले अल्फा क्यापिटलको आइपीओ निष्कासन प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । ‘यो आइपीओ निष्कासन प्रक्रियामा एनएमबि क्यापिटलले सहज र व्यावसायिक ढंगले भूमिका निर्वाह गर्नेछ,’ उनले भने ।

अल्फा क्यापिटल सफल व्यावसायिक तथा उच्च वृद्धि सम्भावना भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो । यसले विभिन्न क्षेत्रका कम्पनीहरुमा लगानी गर्दै आएको छ । आइपीओ जारी गरेर पुँजी बजारमा सूचीकृत भएपछि कम्पनीको दायरा, क्षेत्र र जिम्मेबारी अझै विस्तार हुने विश्वास लिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register