दुई बैंकमा प्रकाश तामाङले खोले बैंक खाता 

काठमाडौँ । प्रकाश तामाङ (काले)ले दुई बैंकमा खाता खोलेका छन् । नागरिकता पाएपछि प्रकाशले ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका हुन् ।  प्रकाशको घर नजिकै भएकाले ग्लोबल आइएमई बैंक र सरकारी भएकाले राष्ट्रिय वाणिज्य बैंकमा गरी दुई बैंकमा बैंक खाता खोलिएको सञ्चारकर्मी राजेश राईले जानकारी दिएका छन् ।  प्रकाशको सहयोगार्थ यसअघि नै […]

Sep 3, 2024 - 11:13
 0
दुई बैंकमा प्रकाश तामाङले खोले बैंक खाता 

काठमाडौँ । प्रकाश तामाङ (काले)ले दुई बैंकमा खाता खोलेका छन् । नागरिकता पाएपछि प्रकाशले ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका हुन् । 

प्रकाशको घर नजिकै भएकाले ग्लोबल आइएमई बैंक र सरकारी भएकाले राष्ट्रिय वाणिज्य बैंकमा गरी दुई बैंकमा बैंक खाता खोलिएको सञ्चारकर्मी राजेश राईले जानकारी दिएका छन् । 

प्रकाशको सहयोगार्थ यसअघि नै बैंक खाता खोल्ने भनिए पनि नागरिकता नै नहुँदा बैंक खाता खोल्न असहज भएको तर हाल नागरिकता बनिसकेकोले बैंक खाता खोलिएको राईले बताएका छन् । अब देश तथा विदेशबाट प्रकाश तामाङलाई सहयोग गर्न चाहनेले सिधै प्रकाशको बैंक खातामार्फत सहयोग गर्न सक्ने राईको भनाई छ ।

चुम भ्यालीको कथा गर्ने क्रममा विद्या चापागाइँसहित ‘हेर्ने कथा’को टिमले प्रकाशलाई भेटेको थियो । त्यसपछि ‘हेर्ने कथा’ मार्फत प्रकाशको कथामा आधारित ‘हराएका वर्षहरु’ सार्वजनिक भएपछि प्रकाशको चर्चा चुलिएको थियो । ‘हराएका वर्षहरु’ हेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत प्रकाशको नागरिकता बनाउने र उनलाई सहयोग गर्ने विषयमा चासो देखाएका थिए । 

अन्ततः प्रकाश तामाङले नागरिकता पाउनुका साथै बैंकमा खातासमेत खोलेका छन् । हाल प्रकाश तामाङको घर बनाइदिन पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितको टोलीले अभियान नै सञ्चालन गरेको छ भने काठमाडौँमा भएका भोजपुरे युवाहरुले प्रकाशको सहयोगार्थ र भोजपुरको सम्पाङ छाप्लेगाउँमा सम्मानित जीवन बाँच्ने वातावरण निर्माण गर्न अभियान चलाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register