ग्रिस पठाउने भन्दा रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ ।  वैदेशिक रोजगारीका लागि ग्रिस पठाईदिने भन्दै दुई लाख ६० हजार ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका वडा नं. १४ नैकाप बस्ने ४२ वर्षीय सुर्य बहादुर सुनार रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले नैकापबाट पक्राउ गरेको हो । सुनारले एक जनालाइ ग्रिस […]

Aug 29, 2024 - 07:43
 0
ग्रिस पठाउने भन्दा रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ ।  वैदेशिक रोजगारीका लागि ग्रिस पठाईदिने भन्दै दुई लाख ६० हजार ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका वडा नं. १४ नैकाप बस्ने ४२ वर्षीय सुर्य बहादुर सुनार रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले नैकापबाट पक्राउ गरेको हो ।

सुनारले एक जनालाइ ग्रिस पठाउने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई रकम ठगेर फरार भएको प्रहरीले जनाएको छ । हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register