चर्चित कार्यक्रम ‘मिस्टर एण्ड मिस लियो २०२४’ आगामी अक्टोबर ५ मा हुने

काठमाडौँ । चर्चित कार्यक्रम ‘मिस्टर एण्ड मिस लियो २०२४’ आगामी अक्टोबर ५ मा हुने भएको छ । बह-डिस्ट्रिक्ट काउन्सिल नेपालले मंगलबार सर्वनाम थिएटरमा पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिएको हो । यो कार्यक्रम बहु-डिस्ट्रिक्ट काउन्सिल नेपालले आयोजना गर्नेछ । जसमा १५ वटा डिस्ट्रिक्ट काउन्सिलहरूले सहभागिता जनाउने छन् । संस्थाले दिएको जानकारी अनुसार यो प्रतियोगिता […]

Sep 11, 2024 - 10:19
 0
चर्चित कार्यक्रम ‘मिस्टर एण्ड मिस लियो २०२४’ आगामी अक्टोबर ५ मा हुने

काठमाडौँ । चर्चित कार्यक्रम ‘मिस्टर एण्ड मिस लियो २०२४’ आगामी अक्टोबर ५ मा हुने भएको छ । बह-डिस्ट्रिक्ट काउन्सिल नेपालले मंगलबार सर्वनाम थिएटरमा पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिएको हो ।

यो कार्यक्रम बहु-डिस्ट्रिक्ट काउन्सिल नेपालले आयोजना गर्नेछ । जसमा १५ वटा डिस्ट्रिक्ट काउन्सिलहरूले सहभागिता जनाउने छन् । संस्थाले दिएको जानकारी अनुसार यो प्रतियोगिता काठमाडौँको बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजना हुनेछ । जसमा प्रत्येक डिस्ट्रिक्टबाट एक पुरुष र एक महिला गरी २ जना सहभागीहरू यस कार्यक्रममा प्रतिनिधित्व गर्नेछन् ।

कार्यक्रमका समन्वयक इन्जिनियर मनिष अर्यालका अनुसार प्रतियोगितामा विजयी हुने पुरुष र महिला दुवैलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमश: २० हजार र १० हजार नगद पुरस्कार दिइनेछ । यस कार्यक्रममा भाग लिन इच्छुक व्यक्तिहरूले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । सम्मेलनमा बताइए अनुसार प्रतियोगिताको तयारी स्वरूप १५ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । यस क्रममा नेतृत्व विकास, आत्म-संवर्द्धन, र्याम्प वाक, पोर्टफोलियो निर्माण लगायतका विभिन्न तालिमहरू दिइनेछ । प्रशिक्षण कार्यक्रम सेप्टेम्बर १५ पछि सर्वनाम थिएटरमा आयोजना हुनेछ ।

त्यस्तै, कार्यक्रमको उद्देश्यप्रति प्रकाश पार्दै लियो डिस्ट्रिक्ट काउन्सिलका उपाध्यक्ष प्रवेश कुमार केसीले भने, ‘कार्यक्रमको मुख्य उद्देश्य युवाहरूलाई आत्मविश्वास बृदि, सक्षम र सफल भविष्यका लागि तयार पार्नु हो ।’ कार्यक्रमको उद्‌घाटन लियो मल्टिपल डिस्ट्रिक्ट अध्यक्ष लियो अस्मिता लामिछानेले गरेकी थिइन जसमा प्रमुख अतिथि लायन पङ्कज जालान् लगायत अन्य विशिष्ट व्यक्तिहरू पनि उपस्थित थिए ।

१८ देखि ३१ वर्षका लियो सदस्यहरूले जसले कम्तिमा एक वर्ष लियोको सदस्यता लिएका छन्, उनीहरूले यस कार्यक्रममा सहभागिता जनाउन सक्ने बताइएको छ । यो प्रतियोगिताले युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न उत्कृष्ट अवसर प्रदान गर्ने देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register