एकीकृत समाजवादी भन्छ- भ्रष्टाचार मुद्दामा हदम्याद राख्नु हुँदैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने स्पष्ट पारेको छ । केन्द्रीय कमिटी बैठकले पारित गरेको तात्कालिक प्रस्तावमा भनिएको छ, “संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको भ्रष्टचार नियन्त्रण ऐन २०५९ को शंशोधन विधेयकमाथि छलफल चलिरहेको छ । हाम्रो पार्टी भ्रष्टचारको मुद्दामा हदम्याद राख्नु हुँदैन भन्ने प्रष्ट धारणा राख्दछ ।” एकीकृत […]

Aug 29, 2024 - 12:51
 0
एकीकृत समाजवादी भन्छ- भ्रष्टाचार मुद्दामा हदम्याद राख्नु हुँदैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने स्पष्ट पारेको छ ।

केन्द्रीय कमिटी बैठकले पारित गरेको तात्कालिक प्रस्तावमा भनिएको छ, “संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको भ्रष्टचार नियन्त्रण ऐन २०५९ को शंशोधन विधेयकमाथि छलफल चलिरहेको छ । हाम्रो पार्टी भ्रष्टचारको मुद्दामा हदम्याद राख्नु हुँदैन भन्ने प्रष्ट धारणा राख्दछ ।”

एकीकृत समाजवादीले भ्रष्टाचार मुद्दामा हदम्याद हटाउन सम्पूर्ण राजनीतिक दलहरू र नागरिक समाजलाई यो विषयमा सजग बन्न आह्वान गरेको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register