कांग्रेसले गर्यो पलेशालाई पाँच लाख नगदसहित सम्मान

काठमाडौं। नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा कास्य पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख नगदसहित सम्मान गरेको छ । आइतबार ललिपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गरेर कांग्रेसले पलेशा र पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । सभापति शेरबहादुर देउवाले पलेशालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई १ लाख […]

Sep 8, 2024 - 11:07
 0
कांग्रेसले गर्यो पलेशालाई पाँच लाख नगदसहित सम्मान

काठमाडौं। नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा कास्य पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख नगदसहित सम्मान गरेको छ ।

आइतबार ललिपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गरेर कांग्रेसले पलेशा र पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । सभापति शेरबहादुर देउवाले पलेशालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र पुरुषतर्फ नेपालको लागि चुनौती प्रस्तुत गरेका भरत सिंह महतरालाई ५० हजार रुपैयाँ पनि दिइएको छ ।

सभापति देउवाले ऐतिहासिक सफलता दिलाएकोमा पलेशालाई बधाई दिए । खेलकुद क्षेत्रको विकासका लागि कांग्रेस सदैव लागि रहने उनले बताए ।

पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register