एकीकृत समाजवादीमा तीनजना वरिष्ठ नेता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा तीनजना वरिष्ठ नेता हुने भएका छन् । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले डा. वेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो । यी नेताहरूले वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका थिए । तर, उनीहरूलाई वरिष्ठ नेता बनाउने सर्तमै अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ उपाध्यक्षबाट पछि हट्न भनेका […]

Aug 29, 2024 - 13:51
 0
एकीकृत समाजवादीमा तीनजना वरिष्ठ नेता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा तीनजना वरिष्ठ नेता हुने भएका छन् ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले डा. वेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो ।

यी नेताहरूले वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका थिए । तर, उनीहरूलाई वरिष्ठ नेता बनाउने सर्तमै अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ उपाध्यक्षबाट पछि हट्न भनेका थिए ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीले १७ पदाधिकारी र ८४ पोलिब्यूरो सदस्य आन्तरिक निर्वाचनमार्फत निर्वाचित गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register