चार वर्ष धेरै उतारचढाव खेप्यौं, अब एकताबद्ध अघि बढ्नुको विकल्प छैन: डा. केसी (भिडियो)

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) का अध्यक्ष डा बद्री केसीले पूर्ण अधिकारसहितको एनआरएनए नागरिकता अब धेरै टाढा नरहेको बताएका छन् । एनआरएनका लागि राजनीतिक अधिकारवाहेकको नागरिकता कार्यान्वयनमा आइसकेको सन्दर्भमा अब हुने संविधान संशोधनमा पूर्ण अधिकारयुक्त नागरिकता व्यवस्था हुने गरी एनआरएनएले पहल गरिरहेको उनले जनाए। यसअघि एनआरएन नागरिकतामा देखिएका सबै समस्या पनि […]

Aug 29, 2024 - 14:21
 0
चार वर्ष धेरै उतारचढाव खेप्यौं, अब एकताबद्ध अघि बढ्नुको विकल्प छैन: डा. केसी (भिडियो)

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) का अध्यक्ष डा बद्री केसीले पूर्ण अधिकारसहितको एनआरएनए नागरिकता अब धेरै टाढा नरहेको बताएका छन् ।

एनआरएनका लागि राजनीतिक अधिकारवाहेकको नागरिकता कार्यान्वयनमा आइसकेको सन्दर्भमा अब हुने संविधान संशोधनमा पूर्ण अधिकारयुक्त नागरिकता व्यवस्था हुने गरी एनआरएनएले पहल गरिरहेको उनले जनाए।

यसअघि एनआरएन नागरिकतामा देखिएका सबै समस्या पनि यही अक्टोबरभित्रै सम्बोधन हुने गरी नेपाल सरकारबाट तयारी भइरहेको जानकारी अध्यक्ष डा केसीले दिए ।

हाल बेलायतमा रहेका केसीले संस्थामा विगत चार वर्षमा भएका उतारचढावलाई पाठका रुपमा लिंदै अब एकताबद्ध रुपमा अघि बढ्नुको विकल्प नरहने भन्दै सबै पक्षलाई संवादमा आउन आव्हान गरे ।

संस्थाभित्र देखिएका असन्तुष्टिहरु विधानभित्रैबाट सम्बोधन गरिनुपर्ने र त्यसका लागि सबैलाई संवादमा ल्याउन आफूले पहल गरिरहेको उनको भनाइ छ ।

कुनै पनि प्रजातान्त्रिक संस्थामा नेतृत्वमा आउन बाटो नै निर्वाचन हो भन्दै उनले निर्वाचनको नतिजा नै मान्दिन भन्नु स्वीकार्य हुन नसक्ने बताए ।

एघारौं महाधिवेशनमा प्रतिनिधि चयन, अनलाइन मतदानका लागि भेरो कम्पनी छनोटदेखि मतगणनासम्मकै निर्वाचनको सिंगो प्रक्रिया सबै आकांक्षीहरु समेतको सहमतिमा गरिएको बताउँदै डा केसीले नतिजा आफ्नो पक्षमा नभएपछि मात्रै धाँधली भन्नु तर्कसंगत नरहेको दावी गरे ।

सर्वोच्च अदालतले ०२१-२०२३ को कार्यसमिति अवैधानिक भनेर खारेज गरेपछि २०२३-०२५ को कार्यसमिति पनि अवैधानिक भनेर अपव्याख्या गरिएको जनाउंदै उनले परराष्ट्र मन्त्रालयले समेत काम बन्द गर्नु भनेका बेला सर्वोच्च अदालतको पछिल्लो फैसलाले आफ्नो कार्यसमितिलाई काम गरेर अगाडि जान अनुमति दिएपछि आफू पहिलो बेलायत भ्रमणमा आएको बताए ।

हेरौं अध्यक्ष डा केसीसंग नेपाली लिंकको भिडियो संवाद:

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register