अमेरिकामा २१ वर्षीया नेपाली विद्यार्थीको गोली हानी हत्या

टेक्सस- अमेरिकाको टेक्सस ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आएकी नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उनको छातीमा धेरै गोली लागेको थियो । २१ वर्षीया मुना तीन वर्षअघि अमेरिका आएकी थिइन् । उनी सो अपार्टमेन्टमा एक्लै बस्दै आएको जनाइएको छ । सन्दिग्ध अपराधीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटना […]

Aug 29, 2024 - 08:25
 0
अमेरिकामा २१ वर्षीया नेपाली विद्यार्थीको गोली हानी हत्या

तस्विर: खसोखास

टेक्सस- अमेरिकाको टेक्सस ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आएकी नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उनको छातीमा धेरै गोली लागेको थियो ।

२१ वर्षीया मुना तीन वर्षअघि अमेरिका आएकी थिइन् । उनी सो अपार्टमेन्टमा एक्लै बस्दै आएको जनाइएको छ ।

सन्दिग्ध अपराधीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटना थाहा भएपछि अपार्टमेन्टका अधिकारीहरुले एम्बुलेन्सलाई फोन गरेपछि तत्काल आएका एम्बुलेन्सका चिकित्सकहरुले जाँच गर्दा घटनास्थलमा नै उनको मृत्यु भइसकेको जनाएका थिए । प्रहरीले सन्दिग्ध अपराधीबारे जानकारी दिन अनुरोध गरेको छ ।

ह्युज्टन कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत पाण्डेको घर भोजपुर रहेको जनाइएको छ । पारिवारिक स्रोतलाई उद्धृत गर्दै समाचारपत्रहरुले जनाएअनुसार उनको एक जना श्वेत अमेरिकी पुरुषसँग प्रेम सम्बन्ध थियो ।

उनकी आमा अनिता पाण्डे अधिकारीले हत्यारा पत्ता लगाउन सहयोग गर्न नेपाली समुदायलाई आग्रह गरेकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register