भिक्षुमाथि कुटपिटको बिफ्रिङ गर्न प्रहरी महानिरीक्षकलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल संघमहानायक भिक्षु गुणघोष महास्थविरमाथि भएको निर्घात कुटपिटको वस्तुस्थित बुझन नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ। भिक्षुमाथि भएको कुटपिटमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन बौद्ध युवा कमिटी ललितपुरले विहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा गृहमन्त्री लेखक समक्ष ज्ञापनपत्र बुझाए लगतै उहाँले सो निर्देशन दिनुभएको हो। बुद्धजन्मभूमी नेपालमा बुद्धधर्मको विकासमा समर्पित भिक्षुमाथि आक्रमण हुनु ज्यादै दुःखदायी […]

Aug 29, 2024 - 17:17
 0
भिक्षुमाथि कुटपिटको बिफ्रिङ गर्न प्रहरी महानिरीक्षकलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले नेपाल संघमहानायक भिक्षु गुणघोष महास्थविरमाथि भएको निर्घात कुटपिटको वस्तुस्थित बुझन नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ।

भिक्षुमाथि भएको कुटपिटमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन बौद्ध युवा कमिटी ललितपुरले विहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा गृहमन्त्री लेखक समक्ष ज्ञापनपत्र बुझाए लगतै उहाँले सो निर्देशन दिनुभएको हो। बुद्धजन्मभूमी नेपालमा बुद्धधर्मको विकासमा समर्पित भिक्षुमाथि आक्रमण हुनु ज्यादै दुःखदायी घटना रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई तत्काल फोन गर्न लगाई घटनाको बिफ्रिङ गर्न निर्देशन दिनुभयो।


सो अवसरमा कमिटीका उपाध्यक्ष सुर्दशन शाक्यले वाचन गनुभएको सो ज्ञापनपत्र कमिटीका अध्यक्ष सतिश शाक्यले गृहमन्त्री लेखक समक्ष बुझाउनुभएको थियो। बुद्ध विहारका प्रमुख भिक्षु कौण्डन्य लगायत विविध बौद्ध संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सो ज्ञापनपत्रमा शान्तिसुरक्षाको व्यवस्थामाथि गम्भीर प्रश्न उठाइएको छ ।

धुलिखेल नगरपालिका वडा– ७ भीमसेनस्थानस्थित पूर्वाराम विहारमा विसंं २०८१ भदौं ६ गते विहीबार राति केही व्यक्तिहरुले ८४ वर्षीय वयोवृद्ध भिक्षुको मुखमा कपडा कोची, लडाएर दोरीले बाँधी कुटपिट गरेको र विहारको धनमाल समेत चोरी गरी डाँका गरेको थियो। ज्ञापनपत्रमा ८४ वर्षीय भिक्षु गुणघोष महास्थविरलाई निर्घात कुटपिट गर्नेहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गरिएको छ ।

‘धुलिखेलको आवासीय क्षेत्र, अझ विभिन्न सरकारी कार्यालयको नजिक रहेको विहारमा भएको यस घटनाले शान्तिसुरक्षाको कमजोर र दयनीय स्थितलाई छताछुल्ल पारेको छ ।’ ज्ञापनपत्रमा भनिएको छ ‘ यस घटना बुद्धजन्मभूमी नेपालमा बौद्ध भिक्षुहरु नै असुरक्षित रहेको सन्देश विश्वभर फैलिन सक्ने निकै संवेदनशील घटना भएकोले दोषीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार, गृह प्रशासनसमक्ष जोडदार रुपमा मार्ग गर्दछौं।’ यस किसिमको घटना पुनः र अन्यत्र हुन नदिन शान्ति सुरक्षा प्रबन्धलाई मजबुत बनाउनु पनि सरकार समक्ष माग गरिएको छ ।

सो ज्ञापनपत्रमा घरबार त्याग गरी विहारमा ध्यान र ज्ञानको अभ्यास गर्ने भिक्षुहरु नै लुटेराहरुको निशाना पर्ने यस घटनाले प्रत्येक नागरिकको जीउधनको सुरक्षामाथि खतराको मनोविज्ञान उत्पन्न गरिदिएको उल्लेख गरिएको छ ।‘यस्ता घटना हुन नदिन पूर्वसावधानी अपनाउनुपर्नेमा घटना भएको एक साता बितिसक्दा पनि घटनामा संलग्न हुनेहरुजम्मैलाई पक्राउ गर्न सकेको छैन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register