पशुवस्तु र कृषिजन्य उत्पादन बेच्ने सजिलो माध्यम ‘सामाजिक सञ्जाल’

कास्की । देशव्यापी रुपमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगको चासो र चर्चा भइरहेका अवस्थामा यहाँका एक अगुवा कृषक भने त्यही सञ्जालको उपयोग गर्दै आफ्ना पशुवस्तु र कृषिजन्य उत्पादनलाई सहज रूपमा बजारमा पुर्‍याइरहेका छन् । पोखरा महानगरपालिका–३३ भरतपोखरीका अगुवा कृषक रमेश आचार्यले विगत तीन वर्षयता सामाजिक सञ्जाल फेसबुकका माध्यमबाट गोठबाटै पशुवस्तुसँगै घरबाटै कृषिजन्य उत्पादन बिक्री गर्दै आएका […]

Aug 30, 2024 - 02:11
 0
पशुवस्तु र कृषिजन्य उत्पादन बेच्ने सजिलो माध्यम ‘सामाजिक सञ्जाल’

कास्की । देशव्यापी रुपमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगको चासो र चर्चा भइरहेका अवस्थामा यहाँका एक अगुवा कृषक भने त्यही सञ्जालको उपयोग गर्दै आफ्ना पशुवस्तु र कृषिजन्य उत्पादनलाई सहज रूपमा बजारमा पुर्‍याइरहेका छन् ।

पोखरा महानगरपालिका–३३ भरतपोखरीका अगुवा कृषक रमेश आचार्यले विगत तीन वर्षयता सामाजिक सञ्जाल फेसबुकका माध्यमबाट गोठबाटै पशुवस्तुसँगै घरबाटै कृषिजन्य उत्पादन बिक्री गर्दै आएका छन् ।

पहिलेपहिले कुनै पशुवस्तु बेच्नुपरेमा ओल्लोपल्लो गाउँ हुँदै चिया दोकान र चोक चौतारीमा खबर छोड्नुुपर्ने बाध्यतालाई अहिले भने सामाजिक सञ्जालले अन्त्य गरिदिएको उनले बताए । तीन वर्षयता सामाजिक सञ्जालमा राखेर गोठैबाट पशुवस्तु र कृषिजन्य उत्पादन बिक्री गरिरहेको उनले अनुुभव सुनाए ।

‘बिक्री गर्नुुपर्ने पशुवस्तु वा सामग्री फेसबुकमा राखिदिएपछि अहिले अन्यत्र खबर गर्नुपर्दैन’, उनले भने, ‘फेसबुकमा बिक्रीका पशुवस्तु फोटोसहित राखिदिएसँगै तनहुँ, स्याङ्जालगायत स्थानबाट ग्राहक आएर किनेर लगेका धेरै उदाहरण मसँग छन् ।’

सामाजिक सञ्जालको दुरुपयोगभन्दा पनि यसलाई सही रुपमा प्रयोग गर्न सकेमा त्यसबाट धेरै फाइदा लिन सकिने उनको अनुभव छ । कृषिप्रतिको अनिच्छाका कारण रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यही नै केही गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बनेका आचार्यले उत्पादित वस्तुको बिक्री वितरणमा गरिरहेको सामाजिक सञ्जालको प्रयोग अन्यका लागि प्रेरणा मिलेको छ ।

स्नातकसम्मको अध्ययन, १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकका अनुभव सँगाल्नु भएका आचार्यले विगत चार वर्षअघि तिखे ढुङ्गा बागमारा पशुपालन तथा कृषि फर्म दर्ता गरी व्यावसायिक कृषि गर्दै आएका छन् । उनले पोखरा महानगरपालिका–३३ स्थित सुरौदी खोला तिखे ढुङ«गामा पशुपालनसँगै व्यावसायिक रुपमा तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आएका छन् । कृषिजन्य उत्पादनमा पनि नयाँ नयाँ प्रयोग गर्न रुचाउने आचार्यले यसअघि यस क्षेत्रमा खरबुजाको राम्रो उत्पादन गर्न सकिने कुरालाई प्रमाणित गरेर देखाएका थिए ।

अघिल्लो वर्ष १५ वटा लैनाभैँसी बेचेको जानकारी दिँदै आचार्यले अहिले पनि पशुवस्तु केही बिक्री गर्नुपरेमा सामाजिक सञ्जालकै उपयोग गरिरहेको बताए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register