टाटा इभी पंचले दिएको हैरानी !

के तपाईं टाटाको पंच इभि किन्ने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईंले बजारका झकिझकाउ प्रचारप्रसार भन्दा पनि गाडीको विवरण र यो गाडी प्रयोग गरिसकेकाहरुको अनुभव सुन्न आवश्यक छ । र तपाईंलाई गाडीको निर्णय सहज होस् भनेर हामीले भारतमा गाडी पारखीहरुका लागि चर्चित प्लेटफर्म टिम बिएचपी डटकममा गाडी प्रयोगकर्ताले उल्लेख गरेका दु:ख र झन्झटबारे लेखिएको […]

Aug 30, 2024 - 06:43
 0
टाटा इभी पंचले दिएको हैरानी !
के तपाईं टाटाको पंच इभि किन्ने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईंले बजारका झकिझकाउ प्रचारप्रसार भन्दा पनि गाडीको विवरण र यो गाडी प्रयोग गरिसकेकाहरुको अनुभव सुन्न आवश्यक छ । र तपाईंलाई गाडीको निर्णय सहज होस् भनेर हामीले भारतमा गाडी पारखीहरुका लागि चर्चित प्लेटफर्म टिम बिएचपी डटकममा गाडी प्रयोगकर्ताले उल्लेख गरेका दु:ख र झन्झटबारे लेखिएको ब्लग प्रस्तुत गर्दैछौँ । यसको ओरिजिनल भर्जन यहाँ छ भने नेपाली अनुवाद तल छ ।
मैले तीन महिना पहिले टाटा पंच इभी एम्पावर प्लस लङ्ग र्याज मोडेल किनें । र मेरो अनुभव दुखद् सपनाजस्तो भएको छ । गाडी आइपुगेदेखि, गाडीमा चार्जिङ समस्याहरु देखिंदै आएको छ ।चार्जिङ कहिले बिचैमा रोकिन्छ र प्रत्येक पटकजसो यसलाई मैले म्यानुअल रुपमा सुरु गर्नुपर्ने भयो । यो गाडीले एकैपटक लगभग ५-१०% मात्रै चार्ज गर्ने भएकाले, गाडीलाई पूर्ण चार्ज गर्न १०-२० चार्जिङ सत्र लाग्थ्यो । यो समस्या मेरो आवास क्षेत्रमा देखिएको हो ।
मैले यस विषयमा रिपोर्ट पनि गरेँ । समस्याको समाधान गरिदिने बचन पनि दिए, तर आफ्नो चार्जरमा चार्ज गरेर उनीहरुले समस्या समाधान भएको दाबी गरे । समस्याको समाधान भएको दाबी गरिए पनि सो समस्याले निरन्तरता दियो । फेरी समस्या आएपछि गाडीको मुम्बईमा रहेको इभि प्रमुखलाई उजुरी गरियो । समस्या समाधान नभएपछि फेरी अर्को ठाउँमा लगियो । त्यहाँ केहि काम गरेजस्तो गरेर मलाई समस्या समाधान भएको भनियो । तर, सो समस्या समाधान भएको देखिएन ।
त्यसपछि गाडीमा अरु पनि समस्या देखियो । एउटा समस्या आएपछि फेरी भन्नुपर्ने र उनीहरुले एउटा काम गर्दा अर्को काम बिगार्न थाले । घरी मान्छे पठाउने, घरी गाडीमा ल्याबताप जडान गरेर काम गरेजस्तो गरेर मलाई आश्वस्त पार्ने प्रयास गरियो । तर मेरो समस्या समाधान भएन । न मलाई मर्मतका क्रममा फोटो खिच्न नै दिईयो, बरु सिधै फेरी कारखानामा सो गाडी लैजानुपर्छ भनियो ।
तर त्यसको एक हप्तापछि डाटा हराएको अनि यस्तै बहाना बनाएर अर्को एक व्यक्तिलाई मकहाँ पठाए । घरी सफ्टवेर अपडेट गरेर समस्याको समाधान गर्न सकिन्छ भनियो, अझ सफ्टवेर अपडेट गरेपछि चार्जको समस्या समाधान भयो भनियो । तर धेरै वाक्क भईसकेका कारण मैले सो गाडी लिन इन्कार गरेँ । पछि उनीहरुकै आग्रहमा अर्को चार्ज स्टेसनमा गएर परिक्षण गरियो । काम भएको जस्तो त भएको छ तर यो दीर्घकालीन समाधान हो भन्ने कुरामा मलाई शंका छ ।
यो त चार्जको समस्या भयो । गाडीमा फेरी ब्रेकले अनियंत्रित रूपमा काम गर्न बन्द हुने समस्या आयो। धेरैलाई यो समस्या ठुलो समस्या नलाग्न सक्छ, तर गाडीले अपेक्षा गरिए जस्तो काम गरिरहेको थिएन । ब्रेकमा अरु खालका समस्या पनि देखिए । यो समस्या पनि पछि सफ्टवेर अपडेटसँगै समाधान भयो, तर मैले धेरै दु:ख भोग्नुपर्यो ।
फेरी केहि समयपछि मैले अर्को समस्या भोग्नुपर्यो । एक रात, गाडी पार्क गरेपछि र फर्कंदा, गाडी सुरु भएन । यहाँ विभिन्न खालका समस्याहरु देखियो । गाडी स्टार्ट नै नभएपछि फेरी गाडी मर्मत टोलीलाई बोलाउनुपर्ने अवस्था भयो । यतिसम्म कि प्राविधिकलाईसमेत के गर्ने भन्ने विषय थाहा रहेनछ । त्यसपछि मैले गाडी छोडेर, क्याब बुक गरेर घर जानुपर्यो ।
गाडीको समस्या समाधान गर्न अर्को ८ दिन गयो । मेरो गाडीले केवल प्रारम्भिक तीन महिनामा सेवा केन्द्रमा २० दिनभन्दा बढी बिताएको छ। पटक पटक गाडी सेवा केन्द्रमा लगेपछि गाडीमा समस्या देखिएको छ । सेतो भित्री भागहरू खैरो भएका छन्, स्टेरिङ व्हील दागिएका छन्, टाटा गाडीको मालिक हुनु एक निराशाजनक अनुभव भएको छ । म यसलाई लामो यात्रा गर्न हिम्मत गर्दिनँ । मेरो बुबालाई लामो दूरीमा लैजान आँट नै गर्न सक्दिन ।
हालैमा पंच ईभीले चुरोट परीक्षणमा ५ तारा सुरक्षा रेटिङ प्राप्त गरेको छ, तर, यदि एक गाडीले तपाईंलाई सडकको बिचमा फस्न सक्छ भने, म यसलाई गम्भीर सुरक्षा मुद्दा मान्नेछु । सामान्यतया धेरैले हामीले गाडी खरीद निर्णय गर्दा यसलाई ध्यानमा राख्दैनौं, तर अहिले मैले यसको महत्त्व कतिको छ भनेर बुझें ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register