नाडा शो : अस्वाभाविक मूल्य देखाएर छुटको नाटक, चिनियाँ गाडीमा ३२ लाखसम्म फाइदा, सरकारी छुटको दुरुपयोग !

काठमाडौँ । नाडा अटो शोमा विभिन्न गाडीमा छुटको बर्षा भन्ने खालका प्रचारबाजी सुन्नुभएकै होला । तर दङ्ग नपर्नुहोस्, नाडा अटो शोमा विभिन्न कम्पनीले अस्वाभाविक मूल्य देखाएर छुटको नाटक गरिरहेको र एउटै गाडीमा ३२ लाख रुपैयाँसम्म फाइदा गरेको फेला पारेको छ । एउटै गाडीमा ३० लाख बढी फाइदा ! उदाहरणका लागि चेरीको सब ब्रान्ड जेकोको जेसिक्स  […]

Aug 30, 2024 - 07:47
 0
नाडा शो : अस्वाभाविक मूल्य देखाएर छुटको नाटक, चिनियाँ गाडीमा ३२ लाखसम्म फाइदा, सरकारी छुटको दुरुपयोग !

काठमाडौँ । नाडा अटो शोमा विभिन्न गाडीमा छुटको बर्षा भन्ने खालका प्रचारबाजी सुन्नुभएकै होला । तर दङ्ग नपर्नुहोस्, नाडा अटो शोमा विभिन्न कम्पनीले अस्वाभाविक मूल्य देखाएर छुटको नाटक गरिरहेको र एउटै गाडीमा ३२ लाख रुपैयाँसम्म फाइदा गरेको फेला पारेको छ ।

एउटै गाडीमा ३० लाख बढी फाइदा !
उदाहरणका लागि चेरीको सब ब्रान्ड जेकोको जेसिक्स  नाडा अटो शोमा छुटसहितको रकम ६६ लाख ९९ हजार रुपैयाँ  राखिएको छ । जवकि यो गाडीको चीनमा मूल्य नेपाली रुपैयाँमा दाँजेर हेर्दा जम्मा २२ लाख रुपैयाँ छ ।

सरकारले भन्सारमा इभिका लागि दिएको छुटपछि बुझाउनुपर्ने शुल्क, ढुवानी ३० प्रतिशत र कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार व्यापारीले खान पाउने अधिकतम नाफा २० प्रतिशत जोड्दा पनि सो गाडी नेपालमा बिक्री गर्दा ३५ लाख रुपैयाँ पर्छ । तर ३५ लाखको गाडीलाई ६६ लाख ९९ हजार राखेर कम्पनीले छुटको नाटक गरिरहेको छ ।
यो त उदाहरणमात्र हो, नाडा अटो शोमा यसरी सिधा बढी रकम देखाएर छुटको नाटक गरिएको मात्र छैन, कालोबजारी गरिएको छ ।
सरकारी छुटको दुरुपयोग !
सरकारले बिजुली गाडीलाई प्राथमिकता दिनका लागि केहि हदसम्म कर छुट गरेको छ । तर यसरी सरकारले दिएको छुटमा व्यापारीहरुमात्र मालामाल भईरहेका छन् । सरकारले बिजुली गाडी सस्तो पर्दा उपभोक्ताहरु पनि बिजुली गाडीतर्फ आकर्षित हुने र त्यसले पेट्रोलको खपत कम भई राज्यलाई नै फाइदा हुने उद्देश्य राखेर छुट ल्याएको थियो । यो बीचमा व्यापारीहरुले यसरी नै उपभोक्ता ‘लुटेको’ गुनासो आएपछि सरकारले यहि बजेटमार्फत सो करलाई परिमार्जन गर्न खोजेको थियो । तर व्यापारीहरुको चर्को लविङपछि सरकार यसमा पछि हटेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register