लुटपाटको उद्देश्यले मुनाको अपार्टमेन्टमा पुगेका थिए बबिसिंह

काठमाडौं । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या बन्दुकधारीले लुटपाटको उद्देश्यले गरेको प्रहरीले जनाएको छ । बुधबार पक्राउ परेका आरोपी ५१ वर्षिय बबिसिंह साहको दिएको बयानमा यस्तो खुलेको नेपयोर्कले जनाएको छ । ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले साहविरूद्ध हत्या र गैरकानुनी हातहतियार विरूद्धको मुद्दा दर्ता गरेको छ । साह गत शनिबार राति […]

Aug 30, 2024 - 07:51
 0
लुटपाटको उद्देश्यले मुनाको अपार्टमेन्टमा पुगेका थिए बबिसिंह

काठमाडौं । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या बन्दुकधारीले लुटपाटको उद्देश्यले गरेको प्रहरीले जनाएको छ ।

बुधबार पक्राउ परेका आरोपी ५१ वर्षिय बबिसिंह साहको दिएको बयानमा यस्तो खुलेको नेपयोर्कले जनाएको छ ।

ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले साहविरूद्ध हत्या र गैरकानुनी हातहतियार विरूद्धको मुद्दा दर्ता गरेको छ ।

साह गत शनिबार राति ८:४० बजे मुना बस्ने अपार्टमेन्टमा पुगेका थिए । पेस्तोलसहित पुगेका उनले केहीबेर ढोका ढक्ढकाए । ढोका खोलेर बाहिर निस्केकी मुनाले सोधखोज गर्न नपाउँदै उनले कोठा भित्रतर्फ धकेलेको र आफूपनि प्रवेश गरी भित्रबाटै चुकुल लगाएका थिए ।

प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजअनुसार त्यसको एक घन्टापछि अभियुक्त ‍घरबाहिर निस्किएका थिए ।

त्यही रात छिमेकीहरूले केही पड्केको असामान्य आवाज सुनेको पनि प्रहरीलाई बताएका छन् ।

मुना सोमबार साँझ पौने ६ बजे मृत भेटिएकी थिइन् । उनको शरीरका विभिन्न भागमा गोली प्रहार भएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीका अनुसार मुनाको टाउको पछाडिको भागमा पनि एउटा गोली प्रहार भएको छ ।

पक्राउ परेका बबिलाई बिहीबार प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतले उनलाई जमानतमा छाड्न अस्वीकार गरिसकेको छ ।

उनी यसअघि पनि पटक-पटक जेल परेको पाइएको छ । उनीविरूद्ध दर्ता भएको अभियोगमा आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय माग गरिएको नेपयोर्कले जनाएको छ ।

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी २१ वर्षीया पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register