नेपाल विश्वविद्यालय विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले नेपाल विश्वविद्यालय विधेयक,२०७९ लाई दफावार छलफल गरी पारित गरेको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक प्रतिनिधि सभाबाट २०८० भदौ ६ गते दफावार छलफलको लागि समितिमा प्राप्त भएको थियो । समितिमा टुंगिन बाँकी दफाहरु माथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न […]

Aug 30, 2024 - 17:23
 0
नेपाल विश्वविद्यालय विधेयक पारित

काठमाडौं ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले नेपाल विश्वविद्यालय विधेयक,२०७९ लाई दफावार छलफल गरी पारित गरेको छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक प्रतिनिधि सभाबाट २०८० भदौ ६ गते दफावार छलफलको लागि समितिमा प्राप्त भएको थियो । समितिमा टुंगिन बाँकी दफाहरु माथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न समितिले २०८१ असार १३ गते माननीय सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा माननीय सदस्यहरु दीपा शर्मा र डिग बहादुर लिम्बु सदस्य रहेको ३ सदस्यीय उपसमिति गठन गरेको थियो ।

उपसमितिले समिति समक्ष पेश गरेको प्रतिवेदन माथि समितिमा छलफल गरी आज पारित गरेको हो । समितिबाट पारित उक्त विधेयक सभाको भदौ १८ गतेको बैठकमा पेस हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register