चट्याङ लागेर एकको मृत्यु

इनरुवा । इनरुवाको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज निधन भएको स्थानीय तजमुल मियाँले जानकारी दिए । मृतकको शव परीक्षणका […]

Aug 30, 2024 - 17:16
 0
चट्याङ लागेर एकको मृत्यु

इनरुवा । इनरुवाको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज निधन भएको स्थानीय तजमुल मियाँले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ । अर्का स्थानीय हदिस मियाँ सोही घटनामा घाइते भएका थिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register