झापामा जहिल्यै रगत अभाव

सन्तोष शर्मा बनियानी, १४ भदौ । झापामा जहिल्यै रगतको अभाव हुने गरेको छ । जिल्लामा अहिल्यै रगतको अभाव हुने गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो । मिर्गौला रोगीको संख्या बढ्नुका साथै क्यान्सर अस्पताल सञ्चालन आएपछि जिल्लामा रगतमा थप बृद्धि भएको उहाँले बताउनुभयो । “मिर्गौला बिग्रएर डायलासिस गर्नुपर्ने बिरामी एक सयको हाराहारीमा छन्”, [...] The post झापामा जहिल्यै रगत अभाव appeared first on Jhapa Online.

Aug 31, 2024 - 07:17
 0
झापामा जहिल्यै रगत अभाव

सन्तोष शर्मा

बनियानी, १४ भदौ । झापामा जहिल्यै रगतको अभाव हुने गरेको छ ।

जिल्लामा अहिल्यै रगतको अभाव हुने गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो । मिर्गौला रोगीको संख्या बढ्नुका साथै क्यान्सर अस्पताल सञ्चालन आएपछि जिल्लामा रगतमा थप बृद्धि भएको उहाँले बताउनुभयो ।

“मिर्गौला बिग्रएर डायलासिस गर्नुपर्ने बिरामी एक सयको हाराहारीमा छन्”, उहाँले भन्नुभयो, “बिर्तामोडमा क्यान्सर अस्पताल सञ्चालन आएपछि रगत माग थप बढेको छ ।” दैनिकजसो हुने सवारी दुर्घटनाका कारण पनि रगतको माग बढ्दै गएको छ ।

झापाको सीमावर्ती क्षेत्रबाट समेत भारतीय नागरिक रगत लिन यहाँ आउने गरेको उहाँ बताउनुहुन्छ । काठमाडौं, मोरङ, सुनसरी लगायत अन्य जिल्लाका मानिस समेत रगत लिन आउने गरेका छन् ।

जिल्लामा ‘फ्रेस ब्लड’ (ताजा रगत) को समेत माग बढेको छ । चिकित्सकले बिरामीलाई फ्रेस ब्लड दिनुपर्ने सिफारिस गर्न थालेपछि पछिल्ला समय ताजा रगत माग उच्च भएको हो । रक्तदाताले ‘अन कल’ (बोलाएको आधारमा) आएर रक्तदान गर्ने गरेका छन् ।

झापामा दैनिक ६० देखि एक सय १० पिन्ट रगत खपत हुने गरेको छ । औषतमा दैनिक ८५ पिन्ट रगत खपत हुने रेडक्रस झापाले जनाएको छ ।

रेडक्रस झापा अन्रतगत भद्रपुर एक वटा, बिर्तामोड दुई वटा र दमकमा तीन वटा गरी छ वटा रक्त सञ्चार सेवा केन्द्रले सेवा प्रदान गर्दै आएको छ ।

युवा विदेश पलायन हुनु, दीर्घ रोगीको संख्या बढ्दै जानु, रक्तदान गर्न हिच्किचाउनु लगायतका रगत अभाव हुनुको मुख्य कारण भएको सभापति ढकाल बताउनुहुन्छ ।

“१८ देखि ५० वर्षका मानिस रक्तदानका लागि योग्य हुन्छन्”, उहाँले भन्नुभयो, “एक जनाले तीन÷तीन महिनामा रक्तदान गर्नु पर्छ, तर त्यस्तो हुन सकेको छैन ।” रगत अभाव हुन नदिन युवा तथा सामाजिक संघसंस्थाले रक्तदान कार्यक्रम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । झापामा रगत अभाव भए पनि रगत अभावकै कारण मानिसको मृत्यु नभएको उहाँले बताउनुभयो ।

The post झापामा जहिल्यै रगत अभाव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register