झापामा वीपी जयन्ती गाउँस्तरमा मनाउने निर्णय

बिर्तामोड, १८ भदौ । नेपाली कांग्रेस झापाले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती समारोह गाउँ नगरस्तरमा मनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेको अध्यक्षतामा आज जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकले झापाका १५ वटै गाउँ÷नगर समितिको आयोजनामा रचनात्मक कार्यक्रमका साथ १११ औं विपी जयन्ती मनाउने निर्णय गरेको हो [...] The post झापामा वीपी जयन्ती गाउँस्तरमा मनाउने निर्णय appeared first on Jhapa Online.

Sep 3, 2024 - 15:42
 0
झापामा वीपी जयन्ती गाउँस्तरमा मनाउने निर्णय

बिर्तामोड, १८ भदौ । नेपाली कांग्रेस झापाले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती समारोह गाउँ नगरस्तरमा मनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेको अध्यक्षतामा आज जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकले झापाका १५ वटै गाउँ÷नगर समितिको आयोजनामा रचनात्मक कार्यक्रमका साथ १११ औं विपी जयन्ती मनाउने निर्णय गरेको हो ।

वीपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादी दर्शनमाथि चर्चा–परिचर्चा, रक्तदान, वृक्षरोपण, प्रजातान्त्रिक अगुवाहरुको सम्मान, वक्तृत्वकला, हाजिरीजवाफ, विचार गोष्ठी, सरसफाई लगायतका विविध रचनात्मक गतिविधि गर्न गराउन पनि बैठकले आग्रह गरेको छ ।

The post झापामा वीपी जयन्ती गाउँस्तरमा मनाउने निर्णय appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register