नेपाल महिला संघको तीज उत्सव (तस्वीरहरू)

काठमाडौं । नेपाल महिला संघ, काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का महिलाहरूले हरितालिका तीज विशेष कार्यक्रम आयोजना गरेका छन् । संघले अर्थ समितिका सभापति सन्तोष चालिसे, बागमती प्रदेशका पर्यटन संस्कृति तथा सहकारीमन्त्री विमल ठकुरी, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालसहित महिला संघका नेतृत्वहरुको माझ तीज विशेष कार्यक्रम गरेको हो । कार्यक्रममा समितिका सभापति चालिसेले तीजलाई महिलाहरूको […]

Aug 31, 2024 - 12:00
 0
नेपाल महिला संघको तीज उत्सव (तस्वीरहरू)

काठमाडौं । नेपाल महिला संघ, काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का महिलाहरूले हरितालिका तीज विशेष कार्यक्रम आयोजना गरेका छन् ।

संघले अर्थ समितिका सभापति सन्तोष चालिसे, बागमती प्रदेशका पर्यटन संस्कृति तथा सहकारीमन्त्री विमल ठकुरी, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालसहित महिला संघका नेतृत्वहरुको माझ तीज विशेष कार्यक्रम गरेको हो ।

कार्यक्रममा समितिका सभापति चालिसेले तीजलाई महिलाहरूको धार्मिक, सांस्कृतिक पर्व मात्र नभई समाजलाई एकतामा बाँध्ने सेतुको रूपमा पनि लिइएको बताए । उनले भने, ‘तीज हाम्रो संस्कृतिको मौलिकता हो, जसले नेपाली महिलाहरूलाई एकताबद्ध गर्ने मात्र नभई समाजमा सकारात्मक सन्देश पनि प्रवाह गर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रिसालले भने, ‘यो पर्वले नेपाली महिलाहरूलाई आफ्नो धर्म, संस्कृतिलाई आत्मसात् गर्दै सशक्त बनाउन मद्दत पुर्‍याउँछ ।’ उनले तीजलाई खर्चिलो पर्व नबनाई सामान्य तरिकाले धार्मिक एवम् सांस्कृतिक पर्वको रुपमा मनाउन आग्रह गरे ।

कार्यक्रममा नेपाल महिला संघ आबद्धहरुको उपस्थिति रहेको थियो ।

तस्वीरहरु

     

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register