सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा आज शनिवार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मरिण गाउँपालिका वडा नम्बर ७ मरिण खोला नजिकै महेश्वताको पुच्छार चौरीमा गाईवस्तु चराई रहेका ६५ बर्षका चन्द्र बहादुर माझीको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर गम्भिर घाईते भएका माझीलाई उपचारको लागि कपिलाकोट प्राथमिक स्वास्चा केन्द्रमा ल्याए पनि डाक्टरले […]

Aug 31, 2024 - 12:18
 0
सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकामा आज शनिवार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मरिण गाउँपालिका वडा नम्बर ७ मरिण खोला नजिकै महेश्वताको पुच्छार चौरीमा गाईवस्तु चराई रहेका ६५ बर्षका चन्द्र बहादुर माझीको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भिर घाईते भएका माझीलाई उपचारको लागि कपिलाकोट प्राथमिक स्वास्चा केन्द्रमा ल्याए पनि डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कपिलाकोटकाका ईन्चार्ज इनिस्पेक्टर धर्मराज खत्रीले जानकारी दिए । जिल्लाको मरिण र हरिहरपुरगढी क्षेत्र चट्याङको जोखिम क्षेत्रमा पर्दछ ।

गएको भदौं १० गते सोमवार हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ माडिमा धानको झार गोड्ने क्रममा चट्याङ लागेर वडा नम्बर १ शिखरकी ४० बर्षिय छलिमाया थिङको घटनास्थलमै मृत्यु भएको थियो । अरु दुई जना घाईते भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register