एन्फा महिला लिग आइतबारदेखि, १० टिम सहभागी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा महिला लिग आइतबारदेखि सुरु हुने भएको छ । एन्फाले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । जसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती […]

Aug 31, 2024 - 12:32
 0
एन्फा महिला लिग आइतबारदेखि, १० टिम सहभागी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा महिला लिग आइतबारदेखि सुरु हुने भएको छ ।

एन्फाले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । जसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती युथ क्लबका साथै वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाका रहेका छन् ।

त्यस्तै लिगमा कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

लिगको उद्घाटन खेल आइतबार दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच हुनेछ ।

प्रतियोगिताअन्तर्गत सिङ्गल राउन्ड रोबिनको आधारमा ४५ खेल हुने र सिङ्गल राउन्ड रोबिनबाट उत्कृष्ट पाँच टिमबीच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुनेछ ।

सुपर लिगका उत्कृष्ट चार टिमबीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुनेछ ।

प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार , उत्कृष्ट खेलाडीलाई १ लाख, फेयर प्ले टिमलाई १ लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५०–५० हजार प्रदान गरिने एन्फाले जनाएको छ ।

प्रतियोगीताको अनुमानीत लागत २ करोड २४ लाख ६८ हजार रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register