झापाका धामी झाँक्री–वैद्यले गरे कला प्रदर्शन

द्रोण अधिकारीभद्रपुर, १५ भदौ । रूढीवाद र अन्ध विश्वासका प्रतिनिधि पात्र भनेर हेपिने गरेका धामी झाँक्री तथा वैद्यहरूले समाजमा विविध चेतना सहित परम्परागत रूपमा रहेका प्राचीन ओखती पहिचान समेत गराइरहेका छन् । हरेक वर्ष झापामा रहेका धामी झाँक्री तथा वैद्यहरू एक ठाउँ भेला भएर विविध कला प्रदर्शन गर्दै मनषादेवी विषहरी विष खेल मार्फत रम्परागत रूपमा [...] The post झापाका धामी झाँक्री–वैद्यले गरे कला प्रदर्शन appeared first on Jhapa Online.

Aug 31, 2024 - 15:18
 0
झापाका धामी झाँक्री–वैद्यले गरे कला प्रदर्शन

द्रोण अधिकारी
भद्रपुर, १५ भदौ ।
रूढीवाद र अन्ध विश्वासका प्रतिनिधि पात्र भनेर हेपिने गरेका धामी झाँक्री तथा वैद्यहरूले समाजमा विविध चेतना सहित परम्परागत रूपमा रहेका प्राचीन ओखती पहिचान समेत गराइरहेका छन् ।

हरेक वर्ष झापामा रहेका धामी झाँक्री तथा वैद्यहरू एक ठाउँ भेला भएर विविध कला प्रदर्शन गर्दै मनषादेवी विषहरी विष खेल मार्फत रम्परागत रूपमा रहेका प्राचीन ओखती पहिचान समेत गराइरहेका हुन् । नेपाल राष्ट्रिय धामी वैद्य संघ झापाको आयोजनामा भद्रपुरमा झापा, मोरङ लगायत भारतको पश्चिम बंगाल तथा विहारबाट भेला भएका धामी झाँक्री र वैद्यहरूले आ– आफ्नो कला प्रदर्शन गर्दै धामी झाँक्री तथा वैद्यहरूले समाजमा विविध चेतना फैलाउने काम ७ वर्षयता निरन्तर गरिरहेका छन् ।

प्रकृतिसित रहेको विषको भण्डार सर्पले लिएर मानिस लगायत जीवको जीवन बचाइरहेको सन्देश दिन विषहरि खेलको माध्यमबाट सर्पसित खेल्न र मिल्न सिकाइरहेका धामी झाँक्री तथा वैद्यहरूले अस्पतालले गर्न नसकेका विरामी निको पार्ने गरेका तथ्य पनि खेलमार्फत देखाइने गरिएको छ भने विरामको पहिचानका लागि अस्पताल जाने सन्देश पनि छोडिरहेका छन् । संघका झापा अध्यक्ष सतलाल राजवंशीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा काली नागको माला लगाएर विषहरि खेलको सुरू गरिएको थियो ।

अध्यक्ष राजवंशीले पहिरिएर विषहरि थानको केराको खम्बामा जिउँदो काली नागको माला लगाएर नागको गर्जन प्रदर्शन गरिएको थियो भने धामी झाँक्रीहरूले आ– आफ्ना ढोलढ्याङ्ग्रा बजाएर मन्त्रमुग्ध बनाएका थिए । बहुजातीय धामी झाँक्री सहभागी कार्यक्रममा आगो नबाली चिया पकाउने, विष खेल प्रदर्शन र सिसामा हिड्ने कला प्रदर्शन तथा डाक्टर र धामी बिचको सम्बन्ध दर्शाउने चेतनामुलक प्रहर्शन समेत गरिएको थियो ।

नन्दकुमार राजवंशीले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संघका झापा सचिव देवचरण राजवंशीले पिता पुर्खाको पालादेखि प्रकृतिसित जुधेर बाँच्ने कला तथा औषधी उपचार सेवा प्रदान गर्ने एक मात्र निकाय धामी, झाँक्री र वैद्य भएको बताएका छन् । सचिव राजवंशीले लोप हुन लागेको मौलिक जिउने कला तथा जीवन उपयोगी विद्या संरक्षणमा सवै पक्ष एक हुन आग्रह समेत गरेका छन् ।

कला प्रदर्शनमा उत्कृष्ट हुने व्यक्ति तथा समूहलाई नगद सहित सम्मान गरेर कार्यक्रम समापन गरिएको थियो ।

The post झापाका धामी झाँक्री–वैद्यले गरे कला प्रदर्शन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register