विषादी खुवाएर दुई छोरीको हत्या, आमा फरार

काठमाडौं । मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत फेला परेका छन् ।  उनीहरु धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र अस्मिता पौडेलका छोरी हुन् । उनीहरुलाई विषादी खुवाएर हत्या गरिएको प्रहरीले जनाएको छ । बच्चा मृत अवस्थामा भेटिएको स्थानमा विषादी […]

Aug 31, 2024 - 15:49
 0
विषादी खुवाएर दुई छोरीको हत्या, आमा फरार

काठमाडौं । मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत फेला परेका छन् ।  उनीहरु धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र अस्मिता पौडेलका छोरी हुन् । उनीहरुलाई विषादी खुवाएर हत्या गरिएको प्रहरीले जनाएको छ ।

बच्चा मृत अवस्थामा भेटिएको स्थानमा विषादी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हत्या हुनेमा ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्की रहेका छन् ।  आमा अस्मिता भने फरार रहेको बताइएको छ ।

केरा बगानमा दुई वटा बच्चा मृत अवस्थामा फेला परेको भन्ने खबर स्थानीयले प्रहरी चौकी गछियालाई जानकारी गराएपछि प्रहरीले  घटनास्थलमा पुगेर छानबिन गरेको छ । प्रहरीले आफ्ना दुवै छोरीलाई विष खुवाएर आमा फरार भएको हुनसक्ने अनुमान गरेको छ ।

बालिकाहरुको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register