शिवाकोटी दम्पत्तीले दिए ५० हजारको न्यानो कपडा

शिवसताक्षी, १५ भदौ । झापाको कनकाई निवासी एक दम्पत्तीले आफ्नो जन्मदिनको अवसरमा शिवसताक्षीका नवजात शिशुका लागि न्यानो कपडा प्रदान गरेका छन् । आज शिवसताक्षीको वडा नं. ४ स्थित रङ्याथान बजारमा आयोजित तीज कार्यक्रममा ५० हजार बराबरको न्यानो कपडाका वडाध्यक्ष विष्णुप्रसाद प्रसाईलाई हस्तान्तरण गरे । कनकाई गार्मेन्ट सुरुगाका सञ्चालक भरत शिवाकोटी र उनकी श्रीमती मेनुका शिवाकोटी [...] The post शिवाकोटी दम्पत्तीले दिए ५० हजारको न्यानो कपडा appeared first on Jhapa Online.

Aug 31, 2024 - 15:42
 0
शिवाकोटी दम्पत्तीले दिए ५० हजारको न्यानो कपडा

शिवसताक्षी, १५ भदौ । झापाको कनकाई निवासी एक दम्पत्तीले आफ्नो जन्मदिनको अवसरमा शिवसताक्षीका नवजात शिशुका लागि न्यानो कपडा प्रदान गरेका छन् ।

आज शिवसताक्षीको वडा नं. ४ स्थित रङ्याथान बजारमा आयोजित तीज कार्यक्रममा ५० हजार बराबरको न्यानो कपडाका वडाध्यक्ष विष्णुप्रसाद प्रसाईलाई हस्तान्तरण गरे । कनकाई गार्मेन्ट सुरुगाका सञ्चालक भरत शिवाकोटी र उनकी श्रीमती मेनुका शिवाकोटी घिमिरेको जन्मदिन एकै दिन परेको थियो ।

शिवसताक्षी नगरपालिका–४ का नवजात शिशुका ७० सेट न्यानो कपडा वितरण गरेका हुन् । जसमा भोटो, दौरा, काने टोपी, म्याट गरेर एक प्याकेटमा २ सेट (८ ओटा कपडा) रहेका छन् । नेपालको स्वास्थ्य क्षेत्रमा हेर्दा प्रतिहजार जन्म भएका नवजात शिशुहरु मध्ये वार्षिक रुपमा ४० जना शिशुहरुको मृत्यु हुने गरेको छ ।

यहाँका विपन्न शिशुका लागि न्यानो कपडाको सेट वितरण गरिएको सञ्चालक शिवाकोटीले बताए । प्राप्त न्यानो कपडा लक्षित वर्गको पहिचान गरी वितरण गरिने वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले बताए ।

The post शिवाकोटी दम्पत्तीले दिए ५० हजारको न्यानो कपडा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register