काँकरभिट्टा नाकाबाट १५ करोडको खुदो निर्यात

झापा, १६ भदौ । पूर्वीनाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८०-८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको [...] The post काँकरभिट्टा नाकाबाट १५ करोडको खुदो निर्यात appeared first on Jhapa Online.

Sep 1, 2024 - 04:26
 0
काँकरभिट्टा नाकाबाट १५ करोडको खुदो निर्यात

झापा, १६ भदौ । पूर्वीनाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८०-८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो । “चालु आव २०८१–८२ को भदौ दोस्रो सातासम्म तीन हजार पाँच सय ५५ दशमलव ६ मेट्रिक टन अर्थात् रु पाँच करोड ३१ लाख ९७ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको थियो ।

भारतले बङ्लादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजेन्ट नवीन दाहाल बताउनुहुन्छ । उहाँका अनुसार भारतबाट मात्रै निर्यात भइरहेको खुदोमा भारी मात्रामा कर लगाउँदा आगामी दिनमा नेपालबाट खुदो बङ्गलादेश निर्यात हुने क्रम बढ्ने उहाँ बताउनुहुन्छ । आगामी कात्तिक÷मङ्सिरदेखि उखु पेल्न सुरु भएसँगै ठूलो मात्रामा खुदो बङ्गलादेश निर्यात हुने व्यावसायी दाहालको भनाइ छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गालको फूलबारी, बङ्गलादेशको उत्तरीनाका बङ्गलाबन्ध हुँदै बङ्गलादेशसँग व्यापार हुँदै आएको छ ।

The post काँकरभिट्टा नाकाबाट १५ करोडको खुदो निर्यात appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register