भद्रपुरकी रेखाकुमारी सातदिनदेखि बेपत्ता

भद्रपुर, १६ भदौ । झापाको भद्रपुर नगरपालिका–६ भतियाबारीकी १८ वर्षीया रेखाकुमारी राजवंशी सात दिनदेखि बेपत्ता भएकी छन् । घरबाट विद्यालय जान्छु भनेर हिँडेकी उनी गत भदौ ९ गतेदेखि बेपत्ता भएकी हुन् । भद्रपुर सेकेण्डरी स्कूलमा कक्षा–१२ मा अध्ययनरत् किशोरी विद्यालय जान्छु भनेर हिँडे पनि हालसम्म घर नर्फिकएको उनका बुबा लवनसिंह राजवंशीले जानकारी दिए । किशोरी [...] The post भद्रपुरकी रेखाकुमारी सातदिनदेखि बेपत्ता appeared first on Jhapa Online.

Sep 1, 2024 - 04:34
 0
भद्रपुरकी रेखाकुमारी सातदिनदेखि बेपत्ता

भद्रपुर, १६ भदौ । झापाको भद्रपुर नगरपालिका–६ भतियाबारीकी १८ वर्षीया रेखाकुमारी राजवंशी सात दिनदेखि बेपत्ता भएकी छन् । घरबाट विद्यालय जान्छु भनेर हिँडेकी उनी गत भदौ ९ गतेदेखि बेपत्ता भएकी हुन् ।

भद्रपुर सेकेण्डरी स्कूलमा कक्षा–१२ मा अध्ययनरत् किशोरी विद्यालय जान्छु भनेर हिँडे पनि हालसम्म घर नर्फिकएको उनका बुबा लवनसिंह राजवंशीले जानकारी दिए । किशोरी बेपत्ता भएलगत्तै जिल्ला प्रहरी कार्यालय झापामा खोजतलासका लागि निवेदन दिए पनि हालसम्म पत्ता लाग्न नसकेको जनाइएको छ ।

उचाई अन्दाजी पाँच फिट भएकी किशोरीले हराएको समयमा सेतो कुर्ता र कालो रंगको शुरुवाल लगाएको जनाइएको छ । नेपाली र राजवंशी भाषा बोल्न जान्ने उनी आफन्तकोमा समेत सम्पर्कमा नआएको बताइएको छ । उनको खोजी गरिदिन परिवारले सबैसँग अनुरोध गर्दै कसैले देखेमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई दिन परिवारले आग्रह गरेको छ ।

The post भद्रपुरकी रेखाकुमारी सातदिनदेखि बेपत्ता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register