प्रहरी निरीक्षक हुँ भन्दै लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं.८ कालोपुल बस्ने सुमन तामाङ भनिने मिङमार तामाङ र टोखा नगरपालिका वडा नं.  १० बस्ने ६३ वर्षीय बल बहादुर सुनार रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको […]

Sep 1, 2024 - 07:09
 0
प्रहरी निरीक्षक हुँ भन्दै लुटपाट गर्ने दुई जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं.८ कालोपुल बस्ने सुमन तामाङ भनिने मिङमार तामाङ र टोखा नगरपालिका वडा नं.  १० बस्ने ६३ वर्षीय बल बहादुर सुनार रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले आफु प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको प्रहरी निरीक्षक हुँ भन्दै एक तोला सुनको सिक्री र ६७ हजार रुपैयाँ लिई फरार भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, उनीहरुले ठगी तथा लुटपाट गर्ने कार्यमा प्रयोग गर्ने गरेको २२० सिसिको पल्सर मोटरसाईकल समेत चोरीको भन्ने खुल्न आएकोले सो सम्बन्धमा समेत थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register