सहकारी ठगी छानबिन समितिको बैठक जारी, रवि लामिछाने संलग्नता विषयमा ‘तथ्य विश्लेषण’ हुँदै

काठमाडौं । सहकारी ठगी छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक सिंहदरबारमा जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिइसकेको समितिले अहिले महिला सहकारी सञ्चालकहरूसँग छलफल गरिरहेको छ । प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गर्ने क्रममा महिला सहकारी सञ्चालकहरूसँग पनि छलफल गरिरहेको हाे । यसअघि बुधबार बसेको समितिको बैठकले हालसम्म […]

Sep 1, 2024 - 07:13
 0
सहकारी ठगी छानबिन समितिको बैठक जारी, रवि लामिछाने संलग्नता विषयमा ‘तथ्य विश्लेषण’ हुँदै

काठमाडौं । सहकारी ठगी छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक सिंहदरबारमा जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिइसकेको समितिले अहिले महिला सहकारी सञ्चालकहरूसँग छलफल गरिरहेको छ ।

प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गर्ने क्रममा महिला सहकारी सञ्चालकहरूसँग पनि छलफल गरिरहेको हाे ।

यसअघि बुधबार बसेको समितिको बैठकले हालसम्म सम्पन्न कामको समीक्षा गर्दै, एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गर्ने जिम्मेवारी तोकेको थियो ।

समितिलाई सङ्कटग्रस्त घोषणा भएका सहकारी संस्थाहरूको छानबिन गर्ने र गोर्खा मिडियामा लगानी भएका सहकारीहरूबारे अध्ययन गरी सुझाव दिन कार्यादेश दिइएको छ ।

समितिको मुख्य कार्यमा सहकारी संस्थाहरूको बचत रकम छिटो र सहज रूपमा फिर्ता गर्ने उपायहरू सिफारिस गर्ने, र गोर्खा मिडियालाई प्रवाह भएको ऋण गैरकानुनी भए वा नभएको जाँच गर्ने समावेश छ ।

रवि लामिछानेको संलग्नता विषयमा ‘तथ्य विश्लेषण’

छानबिनको क्रममा समितिले पूर्व गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिएको छ। लामिछानेको संलग्नता बारेमा प्राप्त प्रमाणहरूको तथ्य विश्लेषण भइरहेको समितिले जनाएको छ ।

समितिका सभापति सूर्य थापाका अनुसार छानबिन अन्तिम चरणमा पुगेको छ, र विश्लेषणसँगै प्रतिवेदन लेखनको काम पनि भइरहेको छ । समितिले सहकारी संस्थाहरूको बचत र ऋण प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै सहकारी सञ्चालक, बचतकर्ता र गोर्खा मिडिया नेटवर्कका व्यवस्थापकसँग पनि बयान लिएको छ ।

“करिब २०० वटा सहकारीको नमुनाबाट हामीले समग्र सहकारीको समस्यालाई हेर्ने प्रयास गरेका छौँ,” थापाले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register