कामै छोडेर सरकारी कर्मचारी सेयर बजारमा लागेपछि सिंहदरबारभित्र टिएमएस बन्द गराउँदै अख्तियार !

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र सेयर कारोबारमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । कार्यालय समयमा कामै छाडेर सरकारी कर्मचारी सेयर कारोबारमा लागेको उजुरी परेपछि अख्तियारले सिंहदरबारभित्र सेयर कारोबारमा रोक लगाउने तयारी गरेको हो । अख्तियारका एक उच्च अधिकारीका अनुसार सिंहदरबारभित्र सेयर किनबेचका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) बन्द गर्नेगरी तयारी अघि […]

Sep 6, 2024 - 05:33
 0
कामै छोडेर सरकारी कर्मचारी सेयर बजारमा लागेपछि सिंहदरबारभित्र टिएमएस बन्द गराउँदै अख्तियार !

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र सेयर कारोबारमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । कार्यालय समयमा कामै छाडेर सरकारी कर्मचारी सेयर कारोबारमा लागेको उजुरी परेपछि अख्तियारले सिंहदरबारभित्र सेयर कारोबारमा रोक लगाउने तयारी गरेको हो ।

अख्तियारका एक उच्च अधिकारीका अनुसार सिंहदरबारभित्र सेयर किनबेचका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) बन्द गर्नेगरी तयारी अघि बढिसकेको छ । 

‘सिंहदरबारभित्र सरकारी कर्मचारीहरु काम गर्नै छोडेर सेयर कारोबारमा व्यस्त हुनेगरेको उजुरी परेको थियो ।’, ती अधिकारीले भने, ‘सोही उजुरीका आधारमा बुझ्दा अधिकांश सरकारी कर्मचारी कार्यालय समयमा सेयर किनबेचमा व्यस्त हुने गरेको पाइयो, जसले गर्दा सरकारी कामसमेत प्रभावित भएको छ । त्यसैले कार्यालयभित्र टिएमएस प्रतिबन्ध लगाउनेगरी तयारी गरेका छौँ ।’ 

ती अधिकारीका अनुसार सम्भवतः अबको एकदुई दिनमै अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सिंहदरबारमा सेयर किनबेचमा रोक लगाउन पत्राचार गर्नेछ । 

यसो त सरकारले यसअघि पनि कार्यालय समयमा सरकारी कर्मचारी सेयर कारोबारमा व्यस्त हुँदा सेवा तथा काम प्रभावित भएको भन्दै सरकारी कार्यालयमा सेयर कारोबार गर्न प्रतिबन्ध लगाएको थियो । तर, उक्त प्रतिबन्धका बाबजुत पनि सरकारी कार्यालयमा सेयर किनबेच अघोषित रुपमा खुलेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register