श्रीमान्‌सँग झगडा परेपछि २ छोरी लिएर हिँडेकी अस्मिता बेपत्ता, छोरीहरु दुवै मृत भेटिए

मोरङ । मोरङको सुन्दरहरैँचामा दुई बालिकाको शव फेला परेको छ । सुन्दरहरैँचा ७ निवासी अर्जुन कार्की र अस्मिता पौडेलका एक वर्षीया छोरी अर्पणा र तीन वर्षीया आयिकाको शव भेटिएको हो । शनिबार उनीहरूको शव घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । डिएसपी बस्नेतका अनुसार शुक्रबार श्रीमान्सँग विवाद भएपछि […]

Sep 1, 2024 - 09:13
 0
श्रीमान्‌सँग झगडा परेपछि २ छोरी लिएर हिँडेकी अस्मिता बेपत्ता, छोरीहरु दुवै मृत भेटिए

मोरङ । मोरङको सुन्दरहरैँचामा दुई बालिकाको शव फेला परेको छ । सुन्दरहरैँचा ७ निवासी अर्जुन कार्की र अस्मिता पौडेलका एक वर्षीया छोरी अर्पणा र तीन वर्षीया आयिकाको शव भेटिएको हो ।

शनिबार उनीहरूको शव घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

डिएसपी बस्नेतका अनुसार शुक्रबार श्रीमान्सँग विवाद भएपछि श्रीमती अस्मिता घरबाट निस्किएकी थिइन् । उनले आफ्ना दुई छोरीलाई पनि सँगै लिएर हिँडेकी थिइन् । अस्मिता भने अहिलेसम्म सम्पर्कमा आएकी छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register