अस्पतालको तेस्रो तलाबाट हाम फालेकी पुनमायाको मृत्यु 

ललितपुर । क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएकी पुनमाया तामाङको मृत्यु भएको छ । उनले शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी थिइन् । काठमाडौं महानगरपालिका वडा नम्बर ८ निवासी तामाङ ६४ वर्षकी थिइन् । उनले अस्पतालको ए ब्लकको तेस्रो तलाबाट भुईँमा हाम फालेकी थिइन् […]

Sep 1, 2024 - 09:05
 0
अस्पतालको तेस्रो तलाबाट हाम फालेकी पुनमायाको मृत्यु 

ललितपुर । क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएकी पुनमाया तामाङको मृत्यु भएको छ । उनले शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी थिइन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ निवासी तामाङ ६४ वर्षकी थिइन् । उनले अस्पतालको ए ब्लकको तेस्रो तलाबाट भुईँमा हाम फालेकी थिइन् ।

उनलाई अस्पतालकै आइसियुमा राखेर उपचार गराइएकोमा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register