नथिङ बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड

काठमाडौँ । युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ । सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिक सम्म आईपुग्दा ६९३ प्रतिशतको बार्षिक बृद्धि हाँसिल गर्न सफल […]

Sep 1, 2024 - 10:01
 0
नथिङ बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड

काठमाडौँ । युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ । सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिक सम्म आईपुग्दा ६९३ प्रतिशतको बार्षिक बृद्धि हाँसिल गर्न सफल भएको हो ।

यो अप्रत्यासित बृद्धिदर हाँसिल हुनमा यसले विश्व बजारमा ल्याएको मिडरेन्ज स्मार्टफोन नथिङ फोन टु ए को मुख्य भूमिका रहेको मार्केट रिसर्च फर्म क्यानालिसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । स्मार्ट फोन डिजाईन निक्कै बोरिङ् भए यसलाई नयाँ डिजाईन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाईन गरिन आवश्यक छ भन्दै नथिङ्का संस्थापक कार्ल पेई ले आफ्नो पहिलो स्मार्टफोन फोन वान लाई प्रिमियम लुक्स र डिजाईनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए । आम उपभोक्ताले यसलाई अत्याधिक रुचाए । यो विश्व बजारको तत्कालिन फ्ल्यागसिप किलर बन्न सफल भयो । जसको दोश्रो संस्कर फोन टु प्रति उपभोक्ताको उस्तै उत्साहजनक प्रतिक्रिया रह्यो । जसले उत्साहित भएको नथिङ्ले उही डिजाईन ल्याङ्ग्वेज र उही प्रिमियमनेसमा अझ एफोर्डेबल बनाउँदै नथिङ् फोन टु ए विश्व बजारमा उतारेपछी नथिङ् ठूला स्मार्टफोन उत्पादकलाई नथिङ् ठूलो चुनौती बन्ने देखिएको हो । भारत जस्तो मूल्यमा ज्यादै संवेदनशिल बजारमा नथिङ् फोन २ ए एकैदिनमा एक लाख युनिट बिक्री गरेर रेकर्ड कायम गर्न सफल भयो ।

यता नेपाली बजारमा चौधरी समूह अन्तर्गतको सिजी मोबाइलले नथिङ् नेपाली बजारमा दुई महिना अगाडी आधिकारीक रुपमा लन्च गरेको हो । चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको प्रतक्ष्य संलग्नतामा नथिङ् नेपाली बजारमा भित्रिएकोले यो ब्राण्ड प्रति चौधरी समूहको लगाव र सम्भाव्यता बोकेको ब्रान्ड भएको प्रष्टै देखिन्छ । ‘अन्तर्राष्ट्रिय बजारमा नथिङ्ले जुन रफ्तारमा आफूलाई अगाडि बढाउन सफल भएको छ त्यही लयमा नेपाली बजारमा नथिङलाई अगाडि बढाउन हामी अग्रसर भइसकेका छौं’, सीजी मोबाइलका महाप्रबन्धक विनय जोशी भन्छन्, ‘नथिङ एकातर्फ प्रिमियम ब्राण्ड हो भने अर्कातर्फ यो ज्यादै उपभोक्तामुखी छ । जसको उदाहरणको रुपमा यसको रिप्लेसमेन्ट पोलिसीलाई लिन सकिन्छ । वारेन्टीमा आएको समस्या होस् या फिजिकल ड्यामेज नथिङ्का स्मार्टफोन ग्राहकले रिप्लेसमेन्टमा नयाँ सेट पाउँछन् ।’

नथिङ्ले स्मार्टफोनमा मात्र नभएर बड्मा समेत ७६९ प्रतिशतको वृद्धि हासिल गरेको हो । टाढैबाट डिजाइनमा अलग देखिने नथिङ्ले आफ्नो दोश्रो ब्रान्ड सिएमएफ सन् २०२३ मा लन्च गरको थियो । प्रतिस्पर्धी बजारमा बढी उपभोक्ता माझ पुग्नका लागि प्रतिस्पर्धी मूल्यका स्मार्टफोन, बड्स् तथा स्मार्टवाच समेत सिएमएफले उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register