आइतबार ५३.६३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Sep 1, 2024 - 10:37
 0
आइतबार ५३.६३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनी ५२ करोड ३१ लाख १० हजार ४ सय ९२ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, सुपर माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । आजको बजारमा पिपुल्स हाइड्रोपावरसहित दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register