बुटवल–नारायणगढ सडक समयमा काम सम्पन्न नगरे ठेक्का तोडिन्छ : मन्त्री दाहाल

बुटवल।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडक बिस्तारमा भएको ढिला सुस्तीबारे निर्माण कम्पनीसँग छलफल गरिएको जानकारी गराउँदै निर्धारित समयमा काम सम्पन्न नगरे ठेक्का तोडिने बताए । निर्माण कम्पनीले विभिन्न समस्याहरु देखाएर सरकार समक्ष समय थपको प्रस्ताव ल्याएको भएपनि उक्त समस्या सरकारका कारणले नभई स्वयम् निर्माण कम्पनीका कारण भएको हुँदा कुनै पनि हालतमा […]

Sep 1, 2024 - 10:39
 0
बुटवल–नारायणगढ सडक समयमा काम सम्पन्न नगरे ठेक्का तोडिन्छ : मन्त्री दाहाल

बुटवल। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडक बिस्तारमा भएको ढिला सुस्तीबारे निर्माण कम्पनीसँग छलफल गरिएको जानकारी गराउँदै निर्धारित समयमा काम सम्पन्न नगरे ठेक्का तोडिने बताए । निर्माण कम्पनीले विभिन्न समस्याहरु देखाएर सरकार समक्ष समय थपको प्रस्ताव ल्याएको भएपनि उक्त समस्या सरकारका कारणले नभई स्वयम् निर्माण कम्पनीका कारण भएको हुँदा कुनै पनि हालतमा छुट दिन नसकिने मन्त्री दाहालले बताए ।

उनले अबको सय दिनभित्रै सिद्धबाबा सुरुङमार्गको ब्रेक थु्रु हुनेगरी काम भइरहेको बताएका छन् । निर्माण कम्पनीले तोकिएको समयभन्दा पनि कम समयमा निर्माण सम्पन्न गर्नेगरी तीव्रताका साथ काम गर्न आग्रह गरेको उनको भनाइ छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री दाहालले विकास निर्माणका कार्यहरुमा ढिलासुस्ती हुन्छ भन्ने आमधारणालाई सिद्धबाबाको सुरुङ मार्ग निर्माणको योजनाले चिर्नसक्ने अपेक्षा गरिएको बताए । सरकारले पुराना योजना सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित गरेको बताउँदै चारैतिर सुरु भएका आयोजना अलपत्र परेकाले सरकारले नयाँ योजनालाई अघि बढाउने भन्दा पनि पुराना योजनाहरुलाई सम्पन्न गर्नेतर्फ लागेको उनले बताए ।

पुराना योजनाहरुको वक्यौता रकम भुक्तान गरी निर्माणको कार्यलाई आगामी महिनादेखि तीब्रता दिने जनाउँदै भुक्तानी गर्न बाँकी रहेका योजनाहरुको महिना दिनभित्रै समस्या हल गरी असोज महिनादेखि पूर्वाधार निर्माणको कार्यले तीब्रता पाउने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री दाहालले राजश्व संकलनमा कमी आएका कारण पुराना योजनाहरुको भुक्तानीमा केही समस्या भएको बताउँदै ती समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रतिवद्धताहरु आएसँगै एक महिना दिनभित्रै समस्याको हल हुने उल्लेख गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register