इरानले भन्यो-राइसी चढेको हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम

तेहरान । मे महिनामा हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको मृत्यु खराब मौसमका कारण भएको इरानको अन्तिम अनुसन्धानबाट थाहा भएको अनुसन्धान गरिरहेको संस्थाले आइतबार बताएको छ । त्रिसठ्ठी वर्षीय राइसी र उनको टोलीलाई लिएर गएको हेलिकप्टर उत्तरी इरानमा कुहिरोले ढाकेको पहाडमा खस्दा राष्ट्रपति र अन्य सात जनाको मृत्यु भएको थियो । साथै यसले मुलुकमा राष्ट्रपति पदका […]

Sep 1, 2024 - 18:21
 0
इरानले भन्यो-राइसी चढेको हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम

तेहरान । मे महिनामा हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको मृत्यु खराब मौसमका कारण भएको इरानको अन्तिम अनुसन्धानबाट थाहा भएको अनुसन्धान गरिरहेको संस्थाले आइतबार बताएको छ ।

त्रिसठ्ठी वर्षीय राइसी र उनको टोलीलाई लिएर गएको हेलिकप्टर उत्तरी इरानमा कुहिरोले ढाकेको पहाडमा खस्दा राष्ट्रपति र अन्य सात जनाको मृत्यु भएको थियो । साथै यसले मुलुकमा राष्ट्रपति पदका लागि मध्यावधि निर्वाचन सुरु भएको थियो ।

राज्य प्रसारक आइआरआइबीका अनुसार हेलिकप्टर दुर्घटनाको आयाम र कारणहरूको अनुसन्धान गर्ने विशेष बोर्डले हेलिकप्टर दुर्घटनाको मुख्य कारण ‘वसन्त ऋतुमा उक्त क्षेत्रको जटिल मौसम र वायुमण्डलीय अवस्था’ थियो भनेको छ ।

‘अचानक बाक्लो कुहिरोको उदय’ ले हेलिकप्टर पहाडसँग ठोक्किएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । मे महिनामा इरानको सेनाले यस्तै किसिमले उक्त दुर्घटनामा आपराधिक गतिविधिको कुनै प्रमाण फेला नपरेको बताएको थियो । दुर्घटनामा रायसीका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानको पनि मृत्यु भएको थियो ।

अगस्टमा फार्स समाचार एजेन्सीले मे १९ को दुर्घटनाको मुख्य कारणमा खराब मौसमको अवस्था र सुरक्षा प्रोटोकलविरुद्ध दुई अतिरिक्त यात्रीसहित हेलिकप्टर चढ्न नसक्ने अवस्थालाई उल्लेख गरेको थियो ।

तथापि इरानी सशस्त्र बलहरूले ‘सुरक्षा प्रोटोकलविरुद्ध हेलिकप्टरमा दुई यात्रीको उपस्थितिका बारेमा फार्स समाचारमा उल्लेख गरिएको अवस्थालाई पूर्णरूपमा गलत भएको’ भन्दै उक्त निष्कर्षलाई तत्काल खारेज गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register