चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला । पहिरोले चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण यही भदौ १२ गतेदेखि अवरुद्ध कर्णाली राजमार्ग आज साँझदेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोट जिल्लाको गगनेखोला र दहिखोलामा आएको पहिरो आज हटाएपछि सडक खुलेको सडक डिभिजन कार्यालय जुम्लाले […]

Sep 1, 2024 - 17:45
 0
चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला । पहिरोले चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण यही भदौ १२ गतेदेखि अवरुद्ध कर्णाली राजमार्ग आज साँझदेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोट जिल्लाको गगनेखोला र दहिखोलामा आएको पहिरो आज हटाएपछि सडक खुलेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक खुलेपछि रोकिएका मालवाहक ट्रक गुड्न थालेका छन् । वर्षाका कारण दहीखोला, मालचौर यासमोड, मेअरखोला, गगनेखोलासहितका दर्जनौँ स्थानमा पहिरो जाँदा सडक बन्द भएको थियो । पहिरोले सडक अवरुद्ध हँदा जुम्लाबाट सुर्खेत नेपालगञ्जका लागि गएका ट्रक बाटोमै थन्किएका थिए ।

अवरुद्ध सडक खुलेसँगै बीच बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register