छठ महिला बिर्तामोडको तीज मिलन

बिर्तामोड, १७ भदौ । छठ महिला मञ्च बिर्तामोडले तीज मिलन कार्यक्रम गरेको छ । बिर्तामोडको अतिथि सदनमा आइतबार मञ्चले तीज मनाएको हो । मञ्चको अध्यक्ष निशा शाह गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख डा. सुरुची महत्तो रहेकी थिइन् । मञ्चको सचिव पुनम चौधरीले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि अध्यक्ष गुप्ताले प्रकाश पारेकी थिइन् । मञ्चको महासचिव रेनुका [...] The post छठ महिला बिर्तामोडको तीज मिलन appeared first on Jhapa Online.

Sep 2, 2024 - 03:02
 0
छठ महिला बिर्तामोडको तीज मिलन

बिर्तामोड, १७ भदौ । छठ महिला मञ्च बिर्तामोडले तीज मिलन कार्यक्रम गरेको छ । बिर्तामोडको अतिथि सदनमा आइतबार मञ्चले तीज मनाएको हो ।

मञ्चको अध्यक्ष निशा शाह गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख डा. सुरुची महत्तो रहेकी थिइन् । मञ्चको सचिव पुनम चौधरीले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि अध्यक्ष गुप्ताले प्रकाश पारेकी थिइन् ।

मञ्चको महासचिव रेनुका महत्तोले सञ्चालन गरेको कार्यक्रममा स्वागत नृत्य सुहानी, पिहु, रोहिताले गरेका थिए । कार्यक्रममा रजनीको समूहले आकर्षक नृत्य समेत प्रस्तुत गरेको थियो । उनीहरुलाई राजकुमार गुप्ता र अनिता गुप्ताले मायाको चिनो समेत प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डा. महत्तो, विशेष अतिथि बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष राजु न्यौपाने, एबिसी नेपालकी कञ्चना ढकाल, झापा मैत्री समाजको अध्यक्ष तिलोत्तमा खत्री, छठ समाज सेवा समितिको बरिष्ठ उपाध्यक्ष संगीता रौनियार, महिला मुक्ति अभियान अध्यक्ष राधा सुब्बा, नेपाल महिला संघ झापा अध्यक्ष टिका मैनाली, छठ समाज सेवा समितिको पूर्व अध्यक्ष प्रेम चन चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

The post छठ महिला बिर्तामोडको तीज मिलन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register