एभरेष्ट सहकारीको १५ करोड अपचलन गर्ने उपाध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौँ। एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गर्ने उपाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छा भाइ डंगोल, कोषाध्यक्ष विष्णु प्रसाद फुयाँल, सदस्य रामलाल महर्जन र सदस्य अमर भाइ बज्राचार्य रहेका छन् ।  उनीहरुलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले भदौ १४ गते काठमाडौँका विभिन्न […]

Sep 2, 2024 - 07:01
 0
एभरेष्ट सहकारीको १५ करोड अपचलन गर्ने उपाध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौँ। एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गर्ने उपाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छा भाइ डंगोल, कोषाध्यक्ष विष्णु प्रसाद फुयाँल, सदस्य रामलाल महर्जन र सदस्य अमर भाइ बज्राचार्य रहेका छन् । 

उनीहरुलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले भदौ १४ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरुले काठमाडौँ महानगरपालिका वडा नं. ०७ मा सहकारीको कार्यलय सञ्चालन गरी बचतकर्ताको १५ करोड ९१ लाख ४ हजार ७ सय ३६ रुपैयाँ ठगी गरेका थिए । उनीहरु विरुद्द संचालक समितिका पदाधिकारीहरूको मिलेमतोमा बचतकर्ता/सदस्यहरूले जम्मा गरेको रकम हिनामिना गरेको, संस्थामा रहेको निक्षेप रकम व्यक्तिगत लाभको लागी प्रयोग गरेको र बचतकर्तालाई आकर्षक ब्याज दिने प्रलोभनमा पारेको आरोप लागेको छ । 

हाल उनीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को ठगी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट दिन ८ (आठ) दिनको म्याद थप भई  आवश्यक अनुसन्धान  भइरहेको छ ।

त्यसैगरी, सीआईबीले उक्त सहकारीका पीडित निक्षेपकर्तालाई ब्युरोमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register