इजरायली सरकारविरुद्ध जनता आक्रोशित, राष्ट्रव्यापी एक दिने हड्तालको घोषणा

काठमाडौं । सरकारले हमासको नियन्त्रणमा रहेका बन्धकलाई स्वतन्त्र गर्न असफल भएको भन्दै इजरायलमा जनताले विरोध प्रदर्शनलाई जारी राखेका छन् । शनिबार ६ बन्धकको शव इजरायली सेनाले भेटाएसँगै आक्रोशमा आएका जनताका कारण राष्ट्रियरुपमा नै तनाव बढ्दै गएको छ । इजरायलको सबैभन्दा ठूलो मजदुर संघ हिस्ताद्रुतले एक दिने हड्ताल घोषणा गरेको छ । राष्ट्रले सहमतिभन्दा पनि शवको […]

Sep 2, 2024 - 07:05
 0
इजरायली सरकारविरुद्ध जनता आक्रोशित, राष्ट्रव्यापी एक दिने हड्तालको घोषणा

काठमाडौं । सरकारले हमासको नियन्त्रणमा रहेका बन्धकलाई स्वतन्त्र गर्न असफल भएको भन्दै इजरायलमा जनताले विरोध प्रदर्शनलाई जारी राखेका छन् ।

शनिबार ६ बन्धकको शव इजरायली सेनाले भेटाएसँगै आक्रोशमा आएका जनताका कारण राष्ट्रियरुपमा नै तनाव बढ्दै गएको छ ।

इजरायलको सबैभन्दा ठूलो मजदुर संघ हिस्ताद्रुतले एक दिने हड्ताल घोषणा गरेको छ । राष्ट्रले सहमतिभन्दा पनि शवको ब्यागहरु प्राप्त गरिरहेको संघका नेता आर्नन बार–डेभिढले बताए ।

सरकारले यस हड्तालप्रति आक्रोशित प्रतिक्रिया दिएको छ । दक्षिणपन्थी अर्थमन्त्री बेजलेल स्मोट्रिचले संघ आफैँ हमासको इसारामा चलिरहेको आरोप लगाए ।

हमासको नियन्त्रणमा रहेका ६ जना बन्धक मृत अवस्थामा भेटिए

केही शहर र नगरपालिकाले सो हड्तालमा सहभागी नहुने भनेलगत्तै हड्ताल कतिको सफल हुन्छ भन्नेबारे प्रष्ट खाका आइसकेको छैन । यद्यपि, राष्ट्रियव्यापी रुपमा घोषणा गरिएको सो हड्तालले बन्धकको मृत्युप्रति सर्वसाधारणको आक्रोशलाई दर्शाएको छ ।

आइतबार दशौं हजार मानिसले इजरायलमा र्याली निकालेर हमासले बन्धक बनाएका मानिसलाई रिहा गर्न प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र उनको सरकारले पर्याप्त पहल नगरेको आरोप लगाए । कतिले प्रधानमन्त्री नेतान्याहु र उनको सरकारविरुद्ध नारा पनि लगाए ।

सो प्रदर्शन मुख्यत: शान्तिपूर्ण भएपनि भीडले पुलिसको घेरातोडेर तेल अवीवको मुख्य राजमार्ग अवरुद्ध गरेको छ ।

इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध चर्को प्रदर्शन, युद्धविराम गरेर वार्ता गर्न आग्रह

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register