अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिए

काठमाडौं । अमेरिकामा एक नेपाली मृत भेटिएका छन् । ४७ वर्षीय नेपाली शान्तलाल प्रधान गत मंगलबार (अगस्ट २७) मेरील्यान्ड राज्यको अपर मार्लबोरोस्थित आफ्नै कोठामा मृत फेला परेको नेपयोर्कले जनाएको छ । उनी सन् २०१५ देखि अमेरिकामा बस्दै आएका थिए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन । गणित शिक्षक प्रधानलाई केही वर्षअघि टेक्ससमा बन्दुक तेर्स्याएर […]

Sep 2, 2024 - 08:17
 0
अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिए

काठमाडौं । अमेरिकामा एक नेपाली मृत भेटिएका छन् ।

४७ वर्षीय नेपाली शान्तलाल प्रधान गत मंगलबार (अगस्ट २७) मेरील्यान्ड राज्यको अपर मार्लबोरोस्थित आफ्नै कोठामा मृत फेला परेको नेपयोर्कले जनाएको छ ।

उनी सन् २०१५ देखि अमेरिकामा बस्दै आएका थिए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

गणित शिक्षक प्रधानलाई केही वर्षअघि टेक्ससमा बन्दुक तेर्स्याएर लुटपाट गरिएको थियो ।

उनलाई सन २०१९ बाट न्यूरोसम्बन्धी रोगले च्यापेर उनी आधा वर्ष ओछ्यानमा परेका थिए । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् ।

उनको शव नेपाल फर्काउने तयारी गरिएको बताइएको छ । गो फण्ड मीबाट रकम उठाएर प्रधानको लास नेपालमा लान अभियान चलाइएको छ ।

यसअघि अमेरिकाको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो । पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका थिए ।

मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

त्योभन्दा अगाडि भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको पनि हत्या भएको आशंका उनका पति पक्राउ परेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register