एन्फा महिला लिग : कोशीलाई हराउँदै पुलिस शीर्षस्थानमा उक्लियो

काठमाडौं । एन्फा महिला फुटबल लिग–२०८१ मा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ । सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिसले कोशीलाई ४–० ले पराजित गरेको हो । पुलिसका लागि अनुशका शेर्पा, निर्मला उपाध्याय, सम्झाना लावती र अमृता जैशीले गोल गरेका हुन् । खेलको २४औं मिनेटमा अनुशाकले पुलिसका लागि पहिलो गोल गरिन् । ४६औं […]

Sep 11, 2024 - 10:19
 0
एन्फा महिला लिग : कोशीलाई हराउँदै पुलिस शीर्षस्थानमा उक्लियो

काठमाडौं । एन्फा महिला फुटबल लिग–२०८१ मा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ ।

सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिसले कोशीलाई ४–० ले पराजित गरेको हो ।

पुलिसका लागि अनुशका शेर्पा, निर्मला उपाध्याय, सम्झाना लावती र अमृता जैशीले गोल गरेका हुन् ।

खेलको २४औं मिनेटमा अनुशाकले पुलिसका लागि पहिलो गोल गरिन् । ४६औं मिनेटमा निर्मलाले पुलिसका लागि दोस्रो गोल गरिन् । ७९औं मिनेटमा सम्झनाले पुलिसका लागि तेस्रो गोल गरिन् । ८८औं मिनेटमा अमृताले पुलिसको लागि चौथो गोल गरिन् ।

यससँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलमा ३ जितसहित पुलिस १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएको कोशी भने दोस्रो स्थानमा झरेको छ । ४ खेलबाट कोशीले ९ अंक हासिल गरेको छ ।

अंक तालिका:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register