मधुबनीको सुनसान घरभित्र नक्कली नोटको कारखाना, पैसा छाप्दै गर्दा आठजना पक्राउ

सर्लाही । सर्लाहीमा भारतीय सिमानाको छेउमा रहेको मधुबनी गाउँको एउटा सुनसान घर बाहिरबाट हेर्दा सधैँको जस्तै शान्त थियो । प्रहरीको टोलीले त्यही घरभित्र लुकाएर राखिएको रहस्यमयी घटना सार्वजनिक गरेको छ । शनिबार राति, प्रहरीलाई एक गोप्य सूचना प्राप्त भयो— एउटा बोरिङ राख्न बनाइएको खाली घरमा केही अनौठो घटना भइरहेको छ । शंकास्पद गतिविधि भएको सुनेपछि, […]

Sep 2, 2024 - 08:09
 0
मधुबनीको सुनसान घरभित्र नक्कली नोटको कारखाना, पैसा छाप्दै गर्दा आठजना पक्राउ

सर्लाही । सर्लाहीमा भारतीय सिमानाको छेउमा रहेको मधुबनी गाउँको एउटा सुनसान घर बाहिरबाट हेर्दा सधैँको जस्तै शान्त थियो । प्रहरीको टोलीले त्यही घरभित्र लुकाएर राखिएको रहस्यमयी घटना सार्वजनिक गरेको छ ।

शनिबार राति, प्रहरीलाई एक गोप्य सूचना प्राप्त भयो— एउटा बोरिङ राख्न बनाइएको खाली घरमा केही अनौठो घटना भइरहेको छ ।

शंकास्पद गतिविधि भएको सुनेपछि, स्थानीय इलाका प्रहरी कार्यालय गहडीया र प्रहरी चौकी मधुबनी गाउँबाट पुलिस टोली, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीसँग संयुक्त रुपमा तत्कालै त्यहाँ पुग्यो । त्यो घर भित्र पस्दा थाहा भयो, पैसा छाप्ने कारखाना नै रहेछ ।
घरभित्र नक्कली नोट बनाउने सारा तयारी पो भइरहेको रहेछ । भित्रको दृश्य त कुनै जासूसी फिल्मको सेटजस्तै थियो—कागजका थुप्रो, केमिकलका बोतलहरू र नोट बनाउने उपकरणहरू । यति मात्रै हो र ? त्यहाँ आठ जना पनि थिए, जो पैसा छाप्ने तयारी गर्दै थिए ।

काठमाडौँका सौगात थापा मगर र विजय लामा, ललितपुरका सन्जय राना मगर, भक्तपुरका अमिर खत्री, भारतका सुबोध कुमार र राजिव ठाकुर थिए । सर्लाही र रौतहटका जनार्धन सिंह र विशाल राई गरी आठजना पक्राउ परे । सबै मिलेर नक्कली नोट बनाउन जुरमुराएका रहेछन् ।
प्रहरीले त्यहाँबाट १४ थान एक हजारको नोट साइजमा काटिएको कागज बरामद गर्याे । विभिन्न रङ्गको आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपियाँ समेत भेटिएको छ । १० थान मोबाइल सेट, एउटा नेपाली स्कारपियो गाडी र दुईवटा भारतीय मोटरसाइकल पनि बरामद भएको छ ।

पक्राउ परेका ८ जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अहिले अनुसन्धान भइरहेको छ । एसपी रवीन्द्र बहादुर सिंहको भनाइ अनुसार, ‘उनीहरूले कसरी नक्कली नोट तयार गर्थे, हामी अनुसन्धान गर्दैछौँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register