विशेष समितिले गर्‍यो साना किसान कृषि सहकारीका प्रतिनिधिसँग छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले साना किसान कृषि सहकारीले गरिरहेको काम कारबाहीदेखि भोग्नुपरेका समस्याबारे प्रतिनिधिहरूसँग छलफल गरेको हो । बैठकमा २८ जनाले आ-आफ्नो संस्था सञ्चालनको अनुभव र स्थितिको जानकारी गराएका थिए । सो क्रममा […]

Sep 2, 2024 - 12:05
 0
विशेष समितिले गर्‍यो साना किसान कृषि सहकारीका प्रतिनिधिसँग छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले साना किसान कृषि सहकारीले गरिरहेको काम कारबाहीदेखि भोग्नुपरेका समस्याबारे प्रतिनिधिहरूसँग छलफल गरेको हो ।

बैठकमा २८ जनाले आ-आफ्नो संस्था सञ्चालनको अनुभव र स्थितिको जानकारी गराएका थिए । सो क्रममा उनीहरूले साना किसान कृषि सहकारी संस्थामा रकम दुरुपयोगको समस्या नरहेको बताएका थिए । उनीहरूले कृषिजन्य वस्तुको बजारीकरण र भुक्तानीको समस्या भने देखिएको गुनासो गरेका थिए ।

समिति संयोजक सूर्य थापाले धेरै असफलताका बीच साना किसान कृषि सहकारीको सफलताले अरुलाई प्रेरणा दिने बताए । उनले छानबिनका क्रममा भएका छलफलमा सहकारी क्षेत्रको दर्ता सूचना केन्द्र नरहेका कारण मुख्य समस्या दखिएको जिकिर गरे ।

“केही सहकारीका सञ्चालकहरूले बचतकर्ताको बचत दुरुपयोग गरेर आफ्नो दुनो सोझ्याउने, वित्तीय अपराधजन्य क्रियाकलापहरू गरेका छन्, त्यसले सहकारी अभियान र सञ्चालनमाथि प्रश्न खडा गर्दैन,” सभापति थापाले भने, “दर्ता सूचना केन्द्र नै रहेनछ । कुन सहकारी कहाँ दर्ता भएको छ भन्ने कुरा छैन । काठमाडौं सहकारी खोलेर आफैँ अध्यक्ष छ, बुटवलमा उपाध्यक्ष छ, पोखरामा कोषाध्यक्ष छ, अरु कुनै ठाउँ संरक्षक छ । यो भनेको सहकारी ऐनको ठाडो उल्लङ्घन हो ।”

हाल देशभर १ हजार ३ सय ६९ वटा साना किसान कृषि सहकारी संस्था सञ्चालनमा रहेका छन् । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसद्ले गत १५ गते छानबिन समिति गठन गरेको थियो । समितिको तीन महिनाको समयअवधि भदौँ २३ गते सकिँदैछ । समितिले निर्धारित समयसीमाभित्रै प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ ।

यद्यपि सो समयमा प्रतिवेदन लेखनको काम सम्पन्न नभए केही दिन समय माग गर्ने विषयमा पनि छलफल भइरहेको समिति सदस्यहरूले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register