कुमारी बैंकमा चोरीको प्रयास, ‘चोरले गेट फुटाए, सिसिटिभीको मोनिटर चोरेर भागे’

काठमाडौँ । कुमारी बैंकको शाखा कार्यालयमा तोडफोड गर्ने ३ जना पक्राउ परेका छन् । बाजुराको गौमुल गाउँपालिकास्थित बैंकको शाखा कार्यालय तोडफोड गर्ने ३ जना पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा बाजुराको बडिमालिका नगरपालिका-१ पिनालेखका २३ वर्षीय जनकराज उपाध्याय, वडा नम्बर ७ बस्ने २० वर्षीय किरण बि.क. र वडा नम्बर ४ ओलेना बस्ने २० वर्षीय सन्देश […]

Sep 2, 2024 - 13:49
 0
कुमारी बैंकमा चोरीको प्रयास, ‘चोरले गेट फुटाए, सिसिटिभीको मोनिटर चोरेर भागे’

काठमाडौँ । कुमारी बैंकको शाखा कार्यालयमा तोडफोड गर्ने ३ जना पक्राउ परेका छन् । बाजुराको गौमुल गाउँपालिकास्थित बैंकको शाखा कार्यालय तोडफोड गर्ने ३ जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा बाजुराको बडिमालिका नगरपालिका-१ पिनालेखका २३ वर्षीय जनकराज उपाध्याय, वडा नम्बर ७ बस्ने २० वर्षीय किरण बि.क. र वडा नम्बर ४ ओलेना बस्ने २० वर्षीय सन्देश नाथ रहेका छन् । 

उनीहरुले चोरी गर्ने नियतले बैंकको शाखा कार्यालयमा तोडफोड गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, शाखा कार्यालयमा तोडफोड भए पनि कुनै क्षति नभएको बैंकका शाखा प्रबन्धक शितल रावतले बताएका छन् । रावतका अनुसार बैंकको शाखा कार्यालयमा राती करिब २ बजेको आसपासमा तोडफोड भएको थियो । 

‘चोरीमा संलग्नहरु रातीको करिब २ बजे बैंकभित्र प्रवेश गरेको देखिएको छ । उनीहरु बैंकको मूल गेटकै ताला फोडेर बैंक छिरेका हुन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका ब्रान्च मेनेजर रावतले भने, ‘तर बैंकमा अन्य केही पनि क्षति भएको छैन । चोरले सीसीटिभी क्यामेराको फुटेज देखिने मोनिटर भने लगेका छन्, अन्य केही पनि क्षति भएको छैन ।’  

बैंकमा सुरक्षा गार्ड चाहिँ थिएनन् ? भन्ने हाम्रो प्रश्नमा ब्रान्च मेनेजर रावतले रातिको समयमा बैंकमा सुरक्षा गार्ड नराख्ने गरेको बताए । ‘बैंकमा एकजना गार्ड बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बस्नुहुन्छ । त्यसपछि भने बैंकमा सुरक्षा गार्ड हुँदैनन् ।’, उनले भने, ‘रातीको समयमा सीसीटिभीबाटै हेडअफिसले मोनिटर गर्छ । सिसिटिभीले काम गरेन वा बैंकमा त्यस्तो केही गतिविधि देखियो भने हेडअफिसबाटै अलर्ट गराइन्छ । तर त्यस दिन भने केही खबर आएन ।’ 

हाल बैंकको शाखा कार्यालय तोडफोडमा संलग्नलाई पक्राउ गरी चोरी कसुर अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरुले बैंकको शाखा कार्यालयसँगै सोही गाउँपालिकास्थित अन्य ४ वटा पसलमासमेत चोरीको प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register